आइएमईका प्रिभिलेज कार्डबाहक र कर्मचारीले भेनस अस्पतलामा विशेष छुट पाउने

काठमाण्डौ । काठमाडौंको पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र मध्यबानेश्वरमा अवस्थित भेनस अस्पतालबीच गत बिहीबार सम्झौता भएको छ ।

सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरू र आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः १०र १५ प्रतिशत विशेष छुट  पाउनेछन् ।

यो छुटसुविधा अस्पताल भित्रको सेवामा मात्र लागू हुनेछ भने अस्पतालको फार्मेसी सेवामा सेवाग्राहीहरू र कर्मचारीहरू दुवैले जम्मा १० प्रतिशत छुट प्राप्त गर्नसक्ने बताइएको छ ।

सेवाग्राहीहरू हकमा यो सुविधा लिन आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड र कर्मचारीहरूले आइएमई केन्द्रीय कार्यालयले जारी गरेको परिचयपत्र अस्पतालको ओपीडी शाखामा देखाउनुपर्नेछ ।

सम्झौतापत्रमा आइएमई लिमिटेडका तर्फबाट बजार अधिकृत अविनाश श्रेष्ठ र भेनस अस्पतालको तर्फबाट अध्यक्ष राम ढकालले हस्ताक्षर गरेका छन् । यो सम्झौता सम्झौतापत्रमा हस्ताक्षर भएको मितिले २ वर्षसम्मका लागि लागू हुनेछ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.