आजसम्म कायम सेयरधनीले आईएमई जनरल इन्स्योरेन्सको लाभांश पाउने

काठमाण्डौ । आईएमई जनरल इन्स्योरेन्स लिटिमेडले गत आर्थिक वर्षका लागि प्रस्ताव लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ।

कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि आउँदो वैशाख २ गतेबाट सभा सम्पन्न नहुन्जेलसम्मका लागि बुक कलोज गर्ने निर्णय गरेको छ। यसको मतलब भोलि वैशाख १ (नयाँ वर्ष) को सार्वजनिक बिदा भएकोले आज चैत ३१ गतेसम्म कायम सेयरधनीहरुमा लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई कुल ७.३७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। जसमा ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद (कर प्रयोजनार्थ) रहेका छन्।

प्रस्तावित लाभांश कम्पनीको आउँदो वैशाख १२ गते हुने वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउने छ।

सोही सभाले बोनस सेयर वितरण गरेपछि कायम चुक्तापुँजीबाट ४०% हकप्रद निष्कासन गर्ने प्रस्ताव पनि पनि पारित गर्नेछ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.