आज कतिमा भइरहेको छ सुनको कारोबार ?

 साताको दोस्रो कारोबार दिन सोमबार सुनको भाउ स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ५०० रुपैयाँ कायम भएको छ। 

हिजो आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो बढोत्तरीसँगै हिजो प्रतितोला फाइन गोल्ड ९५ हजार रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको भाउ भने आज १० रुपैयाँले बढेको छ। आज प्रतितोला चाँदी १ हजार २०५ रुपैयाँ पुगेको छ। 

चाँदीको भाउ हिजो आइतबार पनि १५ रुपैयाँले बढेर १ हजार १९५ रुपैयाँ पुगेको थियो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.