आज पनि तोलाको ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बुधबारको तुलनामा बिहीबार प्रतितोला ९ सय रुपेयाँले बढेको सुनको मूल्य शुक्रबार (आज) पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको हो । बिहीबार ८६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ८७ हजार ४ सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ८६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५० रुपैयाँ कायम रहेकोे थियो । यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले उकालो लागेर १ हजार २ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.