पछिल्लो समय बजारमा सुकेको प्याजको मूल्य बढ्न थालेको छ।
भारतीय प्याज आउन छोडेपछि प्याजको मूल्य बढ्न थालेको राष्ट्रिय फलफूल तथा तरकारी व्यवसायी महासंघका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेले जानकारी दिए।
ुअहिले प्याज भारतबाट धेरै आएको देखिँदैन,ु उनले भने, ुअनौपचारिक रूपमा प्याजको निर्यात रोकेको भन्ने सुनिएको छ।ु
उनका अनुसार एक साताको बीचमा प्याजको मूल्य ३० प्रतिशतले बढेको पाइन्छ।
कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले पनि प्याजको मूल्य बढेको देखाउँछ।
समितिको तथ्यांक हेर्दा गत आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक एक सयदेखि एक सय पाँच रूपैयाँमा कारोबार भएको थियो।
आज प्रतिकिलो थोक मूल्य एक सय २६ देखि एक सय २८ रूपैयाँमा कारोबार भएको छ।
त्यस्तै, बजारमा आलुको मूल्य पनि बढ्न थालेको देखिन्छ।
बजारमा आलु रातो, र सेतो गरी दुई प्रकारका आउँछन्। त्यसमध्ये रातो आलु भारतीय बजारबाट पनि आउँछ।
आज कालीमाटी बजारमा प्रतिकिलो थोक मूल्य आलु रातो ६५ देखि ७२, रातो आलु भारतीय ५६ देखि ६०, रातो आलु मुडेको ६० देखि ६२ र सेतो आलु ५५ देखि ५८ रूपैयाँ छ।
गत आइतबार आलु रातो ६५ देखि ७०, रातो आलु भारतीय ५५ देखि ५८, रातो आलु मुडेकोे ६० देखि ६२ र सेतो आलु ५४ देखि ५५ रूपैयाँ छ।
महासंघका पूर्व अध्यक्ष घिमिरे आलु एक साताको बीचमा १० प्रतिशतले बढेको बताउँछन्।