उच्च अंकले बढ्यो सुनको मूल्य

घरेलु बजारमा बुधबार पहेंलो धातु सुनको मूल्य बढेको   छ ।यो दिन छापावाला सुनको मूल्य ८०० रुपैयाँले बढेर १ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा  १ लाख  ५३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३००रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८५५ रुपैयाँमा कायम भएको छ । मंगलबार  भने यसको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँ थियो ।  यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३१ हजार २६० रुपैयाँ कायम भएको  छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५९० रुपैया ५० पैसा कायम  कायम भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.