उद्योगपति लक्ष्मणबाबुको स्मरणमा डाइलाइसिस मेशिन हस्तान्तरण, डाइलाइसिस सहज हुने

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।
दिवङ्गत उद्योगपति लक्ष्मणबाबु श्रेष्ठका तीनजना छोराले पिताको स्मरणमा २६ लाख पर्ने पर्ने दुईवटा डाइलाइसिस मेसिन राजधानीको एक अस्पताललाई प्रदान गरेका छन्।
सितापाइलास्थित शुभेक्षा अस्पताललाई राजुबाबु, रोशन र राजेशबाबु श्रेष्ठले ती मेसिन प्रदान गरे।निःशुल्क उपचार सेवा उपलब्ध गराउन सहयोग स्वरुप आएको ती मेसिनबाट सेवा प्रवाहमा सहजता हुने उक्त अस्पतालले जनाएको छ ।

पहिलो केबलकार स्थापना गर्ने लक्ष्मणबाबु राष्ट्रवादी उद्योगीका रुपमा चिनिन्थे।चितवन कोर्इ कम्पनीमार्फत विकास निर्माणमा हात हालेका उनले केबलकार,जलविद्युत र दुग्ध उद्योगमा हात हाले।यी सबै उद्योग मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहको छ।आइतबार सुरु भएको निःशुल्क डाइलाइसिस सेवाको गायिका आनी छोइङले शुभारम्भ गरिन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.