एक नेपालीको एक डिम्याट खाता अभियान

नेपाल धितोपत्र बोर्डले ‘एक नेपाली, एक डिम्याट खाता’लाई अभियानका रूपमा सञ्चालन गर्ने भएको छ । सोमबार आगामी आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले धितोपत्र बजारमा व्यापक जनसहभागिता बढाउन प्रत्येक नेपालीको डिम्याट खाता खोल्ने नीति अगाडि सारेको हो ।बोर्डले सरकारले जारी गरेको आगामी आवको पुँजी बजारसम्बन्धी नीति तथा कार्यक्रम र बजेटमा समावेश भएको कार्यक्रमलाई आधार बनाई आगामी आवको नीति तथा कार्यक्रम तयार पारेको हो ।बोर्डले विकासात्मक कार्यक्रमअन्तर्गत कानुनी संरचनाको विकास तथा सुदृढीकरण, बोर्डको संस्थागत तथा नियमन क्षमता अभिवृद्धि, बजार पूर्वाधारहरूमा सुधार तथा विकास, बजार सुपरिवेक्षण व्यवस्थामा सुधार, बजार सहभागीहरूको व्यावसायिकता तथा स्तर अभिवृद्धि, अध्ययन र जनचेतनाअन्तर्गत विभिन्न नीति तथा कार्यक्रम तयार पारेको छ ।नेपाल धितोपत्र बोर्डले आगामी आवमा बजार पूर्वाधार तथा सुधार योजनाअन्तर्गत उत्पादनमूलक कम्पनीलाई पनि दोस्रो बजारमा प्रवेश गराउनमा जोड दिने भएको छ । बोर्डले उक्त कम्पनीलाई धितोपत्र बजारमा प्रवेश गराउन आगामी आवलाई विशेष वर्षका रूपमा मनाउने भएको हो ।नेपाल सरकारले उत्पादनमूलक कम्पनीहरूलाई पब्लिक कम्पनी भई सर्वसाधारणमा सेयर जारी गर्न बाध्यात्मक तथा कर छुटको प्रोत्साहनमूलक व्यवस्था गरेको छ । बोर्डले हालै लागू गरेको धितोपत्र दर्ता तथा निष्कासन नियमावलीको व्यवस्थाअनुसार प्रिमियममा धितोपत्र निष्कासन गर्नसक्ने व्यवस्थासमेत गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.