एक महिना पनि नपुग्दै आइएमई लाइफको सीईओबाट विदा भए कवि फुयाँल

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि फुयाँलले पदबाट राजीनामा दिएका छन् । उनको राजीनामा गत भदौ ९ गते स्वीकृत भएको छ ।

उनले भदौ ७ गते शुक्रबारदेखि लागू हुनेगरि राजीनामा दिएका हुन् । कम्पनीको गत आइतबार बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको छ । फुयाँल गत साउन २८ गते दोस्रो कार्यकालका लागि पुन : सीईओमा नियुक्त भएका थिए ।

सीईओ फुयाँलको राजीनामासँगै कायर्वाहक सीईओमा दिनेश अमात्य नियुक्त भएको स्रोतले बताएको छ ।गत साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले फुयाँलको पुनः नियुक्तिको निर्णय गर्दै स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरण पठाएकोमा साउन २८ गते प्राधिकरणले स्वीकृति प्रदान गरेको थियो।

पुन स् नियुक्ति भएको एक महिना पनि नवित्दै उनले पदबाट राजीनामा दिएको बारे कम्पनी स्रोतले व्यक्तिगत कारण देखाई राजीनामा दिएको बताएता पनि यसमा थप स्पष्ट जानकारी प्राप्त हुन सकेन

सम्बन्धित
Leave A Reply

Your email address will not be published.