एप्पलले दियो यस्तो चेतावनी, आईफोनले पेसमेकरमा बाधा पुर्याउन सक्ने

काठमाण्डौ । एप्पल कम्पनीले आफ्ना स्मार्ट आइफोनहरुको प्रयोगले पेसमेकर (मुटुमा राखिने उपकरण) जस्ता मेडिकल उपकरणको सञ्चालनमा बाधा पुर्याउन सक्ने चेतावनी दिएको छ। कम्पनीले आफ्नो सर्पोेट पेजमा हालै प्रकाशित गरेको सूचनामा पहिलेको सुरक्षा जानकारीलाई विस्तार गर्दै यस्तो चेतावनी दिएको हो। कम्पनीले आईफोनमा चुम्बक र रेडियो वेभहरु हुने भएकाले यसले इलेक्ट्रोम्याग्नेटिक फिल्ड प्रवाह गर्ने भएकाले यसले मेडिकल मानव शरीरमा जडान गरिएका पेसमेकर र डिफिब्रिलेटरजस्ता उपकरणको सञ्चालनमा बाधा सिर्जना गर्न सक्ने जनाएको छ। 

कम्पनीद्वारा प्रकाशित सूचना विशेषगरी आईफोन १२ का चारवटै मोडल र म्यागसेफ एक्सेसरिज् प्रयोगकर्ताका लागि थियो। एप्पलले आइफोन १२ भर्जनहरुमा पहिलेका मोडलहरुभन्दा बढी चुम्बक प्रयोग गरिएको जनाएको छ। तर कम्पनीले आईफोन १२ भर्जनहरुले पहिलेका मोडलहरुभन्दा कम म्याग्नेटिक बाधा सिर्जना गर्ने स्पष्ट पारेको छ। 

एप्पलले मेडिकल उपकरणहरुमा सेन्सर हुने र चुम्बक तथा रेडियो वेभहरु नजिकमा आउँदा उपकरणहरुले प्रतिक्रिया जनाउन सक्ने जनाएको छ। त्यसैले कम्पनीले आईफोन र म्यागसेफ चार्जरहरुलाई सुरक्षित दूरीमा राख्न सुझाव दिएको छ। कम्पनीले आईफोनलाई मेडिकल उपकरणहरुबाट ६ इन्चको दूरीमा र तारविहीन चार्ज गर्दाखेरी भने १५ इन्च दूरीमा राख्न सुझाव दिएको छ। 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.