एभरेष्ट, लक्ष्मी, एसबीआई र एनसीसीको नाफामा उछाल, एनबी र प्राइमको घट्यो

एनएमबी, एसबीआई, बीओके, इन्भेष्टमेन्ट, हिमालयन र प्राइमद्वारा राष्ट्रबैंकको निर्देशन उल्लंघन

काठमाण्डौ । नेपाल राष्ट्रबैंकले प्रभिजनिङमा गरेको कडाई, थपिँदै गएका नियामकीय व्यवस्था र तरलता अभावको विषम परिस्थितिका बाबजुद वाणिज्य बैंकहरुले नाफामा सुधार गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकको खूद नाफामा सुधार देखिएको छ । कतिपयको सुधार त निकै लोभलाग्दो नै छ ।

कात्तिक १५ गते अर्थात सोमबार(आज) केही वाणिज्य बैंकले पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छन् । त्यस्तो विवरण प्रकाशन गर्ने अधिकांश बैंकको अवस्था सन्तोषजनक देखिएको छ ।

हेरौं कुन बैंकको प्रगति कस्तो छ त ?
सानिमा बैंक
सानिमा बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५६ करोड ७८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको यस्तो नाफा ३७ करोड ३२ लाखमा सीमित थियो ।

समीक्षा अवधिमा बैंकको संचालन मुनाफा समेत बढेर ७८ करोड ६२ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष यस्तो मुनाफा ५३ करोड ३२ लाखमा सीमित थियो ।

ब्याज आम्दानीमा गरेको उल्लेख्य प्रगतिका कारण बैंकको खूद ब्याज आम्दानी १ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष ९७ करोड ६६ लाखमा सीमित थियो ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ४० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब २८ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब १९ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

नाफा बढेसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १६.६४ रुपैयाँ रहेको इपीएस बढेर २२.७८ रुपयाँको उचाईमा पुगेको हो ।

बैंकले अघिल्लो वर्षको यही अवधिमा ०.४० प्रतिशतमा सीमित खराब कर्जाको अनुपातलाई घटाएर ०.११ प्रतिशतमा सीमित गराउने सफलता पाएको छ भने कस्ट अफ फण्ड सामान्य घटी ५.८४ प्रतिशत, सीडी रेसियो ८५.२५ प्रतिशत, बेस रेट ७.४५ प्रतिशत, मूल्य आम्दानी अनुपात २२.३९ गुणा, प्रतिसेयर नेटवर्थ रु. १५९.४१ र तरलता अनुपात २३.६३ प्रतिशत रहेको छ ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले पनि पहिलो त्रैमासमा खूद नाफा उल्लेख्य बढाएको छ । अघिल्लो वर्षको यही अवधिमा ३१ करोड २३ लाख खूद नाफा आर्जन गरेकोमा बढेर यो वर्ष ५५ करोड २८ लाखको उचाईमा पुगेको हो ।

अघिल्लो वर्षको यही अवधिसम्म ४४ करोड ८० लाखमा सीमित संचालन मुनाफा वृद्धि भई ७७ करोड ३२ लाखको उचाईमा पुगेको भने ७६ करोड २३ लाखमा सीमित खूद ब्याज आम्दानी पनि बढेर ८९ करोड १७ लाखको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १७ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब १४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ६ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

खूद नाफामा उल्लेख्य बढोत्तरीको सकारात्मक प्रभाव बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा परेको छ । अघिल्लो वर्षको यही अवधिसम्म १२.७३ रुपैयाँ रहेको इपीएस बढेर २०.६८ रुपैयाँको उचाई चुमेको हो ।

बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ०.९७ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटाएर ०.४९ प्रतिशतमा सीमित पारेको छ भने कस्ट अफ फण्ड समेत घटेर ५.३९ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिसम्म बैंकको सीडी रेसियो ८८.९४ प्रतिशत, पीई रेसियो १५.९६ गुणा, प्रतिसेयर नेटवर्थ १५६.७४ रुपैयाँ र तरलता अनुपात १२.०२ प्रतिशत कायम भएको छ ।

सनराइज बैंक
सनराइज बैंकको नाफा भने अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा सामान्य मात्र बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३८ करोड २९ लाखमा सीमित खुद नाफा केही बढी यो वर्ष ४३ करोड ७ लाखमा पुगेको हो ।

समीक्षा अवधिमा बैंकको संचालन मुनाफा ५८ करोड २१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा ५४ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

बैंकको ब्याज खर्च बढ्दा यसको प्रभाव खूद ब्याज आम्दानीमा परेको छ । अघिल्लो वर्षको यही अवधिमा ९२ करोड ७९ लाख रहेको खूद ब्याज आम्दानी सामान्य घटी यो वर्ष ९२ करोड ३२ लाखमा सीमित बन्न पुगेको देखिएको छ ।

बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा २ अर्ब ३७ करोड ब्याज आम्दानी गर्दा १ अर्ब ४५ करोड मात्र ब्याज खर्च गरेको थियो । तर, यो वर्ष २ अर्ब ६५ करोड ब्याज आम्दानी गरे पनि १ अर्ब ७३ करोड ब्याज खर्च गर्नुपर्दा खूद ब्याज आम्दानीमा यसको प्रभाव देखिएको हो ।

समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा ६ करोड ७१ लाख मात्र रहेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब २८ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब १३ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ खर्ब ६ अर्ब बढी निक्षेप संकलन गरेर १ खर्ब हाराहारीमा कर्जा परिचालन गरेको थियो ।

नाफामा सामान्य मात्र बढोत्तरी भएका कारण बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीमा पनि झिनो मात्र वृद्धि भएको छ । जसअनुसार अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १७.०८ रुपैयाँ रहेको इपीएस बढेर १८.१६ रुपैयाँको उचाईमा पुगेको हो ।

अघिल्लो वर्षको यही अवधिसम्म १.५८ प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई बैंकले घटाएर १.१३ प्रतिशत बनाएको छ भने समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा कस्ट अफ फण्ड बढेर ६.३० प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ५.७२ प्रतिशत मात्र थियो ।

समीक्षा अवधिसम्म बैंकको बेस रेट ८.४० प्रतिशत, मूल्य आम्दानी अनुपात १७.१८ गुणा, प्रतिसेयर नेटवर्थ १५९.६९ रुपैयाँ र तरलता अनुपात २६.०३ प्रतिशत कायम भएको छ ।

एनएमबी बैंक
एनएमबी बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफामा उल्लेख्य बढोत्तरी गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा ७४ करोड ८१ लाखमा सीमित खूद नाफा बढाएर १ अर्ब ४ करोडको उचाई चुमाएको छ ।

अघिल्लो वर्ष १ अर्ब ५ करोड सीमित संचालन मुनाफा समेत बढेर यो वर्ष १ अर्ब ४७ करोड पुगेको छ भने १ अर्ब ३५ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब ४२ करोड पुगेको छ ।

नाफामा उल्लेख्य प्रगति भएसँगै अघिल्लो वर्ष २०.५८ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) बढेर २५.५९ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ४५ करोड ८४ लाख रहेको छ ।

यो अवधिमा बैंकले १ खर्ब ७३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ६५ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ६४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५१ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष २.२६ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर १.८५ प्रतिशतमा सीमित पार्न बैंक सफल देखिएको छ भने यो बैंकको सीडी रेसियो ९१.२७ प्रतिशत कायम भएको छ । नेपाल राष्ट्रबैंकले सीडी रेसियो ९० प्रतिशतमा सीमित गर्नुपर्ने निर्देशन दिए पनि यो बैंकले त्यो पालना नगरेको देखिन्छ ।

समीक्षा अवधिसम्म बैंकको आधार दर ७.९६ प्रतिशत, पीई रेसियो १६.०२ गुणा, प्रतिसेयर नेटवर्थ १५३.०३ रुपैयाँ र तरलता अनुपात २२.१६ प्रतिशत रहेको छ ।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले समेत समीक्षा अवधिमा खूद नाफा बढाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २० करोड रहेको खूद नाफा बढेर ३७ करोड २९ लाखको उचाईमा पुगेको हो ।

बैंकले अघिल्लो वर्ष २८ करोड ५४ लाखमा सीमित संचालन मुनाफा बढाएर ५३ करोड २७ लाखको उचाई चुमाएको छ भने ५९ करोड ८५ लाखमा सीमित खूद ब्याज आम्दानी पनि बढाएर ८४ करोड ५४ लाखको उचाईमा पुर्याएको छ ।

बैंकको नाफामा सुधार हुँदा यसको सकारात्मक प्रभाव वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ८.४५ रुपैयाँमा सीमित इपीएस बढेर यो वर्ष १५.७१ रुपैयाँको उचाईमा पुगेको हो ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ८ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ५ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ६ अर्ब बढी निक्षेप संकलन गरी ९६ अर्ब ८३ करोड बढी कर्जा परिचालन गरेको थियो ।

बैंकले अघिल्लो वर्षको समान अवधिमा ०.२५ प्रतिशतमा सीमित खराब कर्जामा अझ सुधार गरी ०.१७ प्रतिशतको अनुपात कायम गरेको देखिएको छ भने सीडी रेसियो भने निकै दयनीय देखिएको छ । राष्ट्रबैंकले सीडी रेसियोलाई ९० प्रतिशतको सीमाभित्र राख्नुपर्ने व्यवस्था गरे पनि पहिलो त्रैमासको अन्तसम्ममा यो बैंकको यस्तो रेसियो बढेर ९५.०८ प्रतिशत पुगेको छ ।

कस्ट अफ फण्ड ५.११ प्रतिशत रहेको छ भने आधार दर ८.११ प्रतिशत, मूल्य आम्दानी अनुपात १५.७१ गुणा, प्रतिसेयर नेटवर्थ १६६.५६ रुपैयाँ र तरलता अनुपात १८.३५ प्रतिशत कायम भएको छ ।

बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डू लिमीटेडको खूद नाफा भने सामान्य मात्र बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २४ करोड १४ लाख रहेको खूद नाफा बढेर यो वर्ष २५ करोड ३४ लाख कायम भएको छ ।

यस्तै, अघिल्लो वर्ष ३४ करोड ४८ लाख रहेको संचालन मुनाफा ३६ करोड २१ लाख मात्र पुगेको छ भने ७६ करोड ९९ लाख रहेको खूद ब्याज आम्दानी सामान्य बढी ७९ करोड ४४ लाख पुगेको छ ।

अघिल्लो वर्ष बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी ११.३० रुपैयाँ रहेकोमा त्यो घटेर यो वर्ष १०.५० रुपैयाँमा सीमित बन्न पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब २ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब हाराहारीमा कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ३ अर्ब बढी निक्षेप संकलन गरी ९३ अर्ब ८० करोड बराबरको कर्जा परिचालन गरेको थियो । बैंकको समीक्षा अवधिको अन्तिम समयको सीडी रेसियो ९०.४८ प्रतिशत रहेको छ ।

यो अवधिमा बैंकले खराब कर्जालाई उल्लेख्य रुपमा घटाएको छ । अघिल्लो वर्ष २.१८ प्रतिशत रहेको खराब कर्जाको अनुपात समीक्षा अवधिसम्म ०.९२ प्रतिशतमा सीमित भएको छ भने यो अवधिको कस्ट अफ फण्ड ५.५५ प्रतिशत, आधार दर ८.५६ प्रतिशत, मूल्य आम्दानी अनुपात ३२.२९ गुणा, प्रतिसेयर नेटवर्थ १७३.५० रुपैयाँ र तरलता अनुपात २३.३७ प्रतिशत कायम भएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
समीक्षा अवधिमा स्ट्याण्डर्ड चार्टर्ड बैंकको खूद नाफा सामान्य मात्र बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म यो बैंकको  खूद नाफा ४० करोड १३ लाख रुपैयाँ रहेकोमा यो वर्ष सामान्य बढी ४८ करोड १८ लाख पुगेको हो ।

अघिल्लो वर्ष ५८ करोड ३ लाखमा सीमित संचालन मुनाफा बढेर ६८ करोड ८७ लाखको उचाईमा पुगेको छ भने ६० करोड १६ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी पनि बढेर ८७ करोड १३ लाख पुगेको छ ।

नाफामा सामान्य सुधार भएका कारण बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २०.०४ रुपैयाँबाट बढेर २२.४८ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले ८५ अर्ब ४५ करोड बढी निक्षेप संकलन गरी ६८ अर्ब ९९ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ८७ अर्ब ५६ करोड बढी निक्षेप संकलन गरी ६२ अर्ब ४० करोड बढी कर्जा परिचालन गरेको थियो ।

बैंकले अघिल्लो वर्षको यही अवधिसम्म ०.८७ प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई घटाएर ०.६७ प्रतिशत कायम गराउने सफलता पाएको छ भने कस्ट अफ फण्ड ३.१५ प्रतिशत, बेस रेट ५.१८ प्रतिशत, मूल्य आम्दानी अनुपात २३.७१ गुणा, प्रतिसेयर नेटवर्थ  १९५.३३ रुपैयाँ र  तरलता अनुपात २८.०३ प्रतिशत रहेको छ । समीक्षा अवधिसम्म यो बैंकको सीडी रेसियो ८८.०६ प्रतिशत पुगेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले समीक्षा अवधिमा खूद नाफा बढाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ६२ करोड  ३८ लाखमा सीमित खूद नाफा बढाएर ९२ करोड ३७ लाखको उचाई चुमाएको हो ।

यस्तै, अघिल्लो वर्ष ८९ करोड ११ लाखमा सीमित संचालन मुनाफा बढाएर १ अर्ब ३१ करोड पुर्याएको छ ।

अघिल्लो वर्ष १ अर्ब ६३ करोड रहेको खूद ब्याज आम्दानी घटेर यो वर्ष १ अर्ब २७ करोडमा सीमित भएको छ ।

बैंकको नाफा बढ्दा त्यसको सकारात्मक प्रभाव वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा देखिएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १७.५१ रुपैयाँमा सीमित इपीएस बढेर २२.७३ रुपैयाँको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ७० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब ७४ अर्ब निक्षेप संकलन गरी १ खर्ब ५६ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्षको यही अवधिसम्म २.८० प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर २.२७ प्रतिशतमा सीमित बन्न पुगेको छ भने कस्ट अफ फण्ड पनि केही घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ ।

समीक्षा अवधिसम्म बैंकको सीडी रेसियो ९५.३७ प्रतिशत पुगेको छ । राष्ट्रबैंकको नियामकीय व्यवस्थाभन्दा सीडी रेसियो निकै माथि पुगेको देखिन्छ ।

यो अवधिमा बैंकको तरलता अनुपात २२.७३ प्रतिशत, मूल्य आम्दानी अनुपात २०.२४ गुणा, प्रतिसेयर नेटवर्थ  १९९.८७ रुपैयाँ कायम भएको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २० करोड ६० लाखमा सीमित बन्न पुगेको छ ।

सिटिजन्स बैंक
सिटिजन्स बैंकको खूद नाफा पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म यो बैंकले ५२ करोड ५९ लाख रहेको खूद नाफा बढेर समीक्षा अवधिमा ५६ करोड ८० लाख पुगेको छ ।

यस्तै, ७३ करोड ३० लाखमा सीमित संचालन मुनाफा बढेर ९८ करोड १९ लाखको उचाईमा पुगेको छ भने ८३ करोड ९१ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब २० करोडको उचाईमा पुगेको छ ।

नाफामा उल्लेख्य प्रगति नहुँदा वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) भने २२.६९ रुपैयाँबाट घटेर २१.८६ रुपैयाँमा सीमित बन्न पुगेको छ ।

समीक्षा अवधिमा सिटिजन्स बैंकले १ खर्ब ४४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब २८ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब ४० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब १८ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्षको यही अवधिसम्म १.४३ प्रतिशत रहेको खराब कर्जाको अनुपात केही बढी १.९१ प्रतिशत पुगेको छ भने कस्ट अफ फण्ड केही घटी ६.०८ प्रतिशत, सीडी रेसियो ८७.३९ प्रतिशत, बेस रेट ८.११ प्रतित, मूल्य आम्दानी अनुपात १४.५५ गुणा, प्रतिसेयर नेटवर्थ १५४.७० रुपैयाँ र तरलता अनुपात २१.४८ प्रतिशत कायम भएको छ ।

एनसीसी बैंक
नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको खूद नाफा समेत बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३३ करोड ४५ लाखमा सीमित यस्तो मुनाफा बढेर यो वर्ष ५१ करोड ८० लाखको उचाईमा पुगेको हो ।

यस्ते, अघिल्लो वर्ष ४५ करोड ६८ लाखमा सीमित संचालन मुनाफा बढेर ७२ करोड माथि पुगेको छ भने ७९ करोड ८५ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ९३ करोड ६८ लाखको उचाई चुमेको छ ।

नाफामा सुधार भएसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) १२.९८ रुपैयाँबाट बढेर २०.०९ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब १५ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ९ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब ६ अर्ब बढी निक्षेप संकलन गरी ९४ अर्ब ५३ करोड बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्षको यही अवधिसम्म २.८३ प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई बैंकले  घटाएर १.४८ प्रतिशतमा सीमित गराउने सफलता पाएको छ भने सीडी रसियो ८९.९६ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिमा बैंकको कस्ट अफ फण्ड ६.१३ प्रतिशत, आधार दर ८.१२ प्रतिशत, मूल्य आम्दानी अनुपात १४.९८ गुणा, प्रतिसेयर नेटवर्थ  १४५.८० रुपैयाँ, तरलता अनुपात २२.४५ प्रतिशत कायम भएको छ ।

सेञ्चुरी बैंक
सबैभन्दा कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकको खूद नाफा पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म यो बैंकको खूद नाफा २२ करोड रहेकोमा बढेर २७ करोड माथि पुगेको हो ।

यस्तै, ३० करोड ७६ लाखमा सीमित संचालन मुनाफा बढेर ३७ करोड ६६ लाखको उचाईमा पुगेको छ भने ६६ करोड ८४ लाख रहेको खूद ब्याज आम्दानी झिनो बढेर ६७ करोड १७ लाख पुगेको छ ।

नाफामा भएको बढोत्तरीका कारण १०.४७ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर १२.०६ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा यो बैंकले ९४ अर्ब ८९ करोड बढी निक्षेप संकलन गरी ८४ अर्ब ११ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा ९३ अर्ब ४९ करोड बढी निक्षेप संकलन गरी ७८ अर्ब ९ करोड बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष २.०८ प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई घटाएर १.८८ प्रतिशतमा सीमित बनाउने सफलता प्राप्त गरेको बैंकको समीक्षा अवधिमा कस्ट अफ फण्ड ६.१७ प्रतिशत, आधार दर  ८.०९ प्रतिशत, सीडी रेसियो ८८.७० प्रतिशत, पीई रेसियो १९.८१ गुणा, प्रतिसेयर नेटवर्थ १२४.९५ रुपैयाँ र तरलता अनुपात २१.१९ प्रतिशत कायम भएको छ ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकको नाफा पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ३३ करोड ४७ लाखमा सीमित यो बैंकको खूद नाफा बढेर यो वर्ष ५७ करोड ८८ लाखको उचाईमा पुगेको हो ।

अघिल्लो वर्ष ४७ करोड ८२ लाखमा सीमित बैंकको संचालन मुनाफा बढेर यो वर्ष ८२ करोड ७३ लाखको उचाईमा पुगेको छ भने १ अर्ब २ करोड रहेको खूद ब्याज आम्दानी सामान्य बढी १ अर्ब ९ करोड माथि पुगेको छ ।

नाफामा बढोत्तरी भएसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो वर्षका यही अवधिसम्म १५.८१ रुपैयाँमा सीमित इपीएस बढेर २६.०४ रुपैयाँको उचाईमा पुगेको हो ।

समीक्षा अवधिमा एभरेष्ट बैंकले १ खर्ब ६३ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३५ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा १ खर्ब ६० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब २७ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्षको यही अवधिसम्म ०.२२ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर बंैकले ०.१३ प्रतिशत सीमित गरेको छ भने कस्ट अफ फण्ड घटेर ४.९७ प्रतिशत, सीडी रेसियो ८६.३९ प्रतिशत, आधार दर ७ प्रतिशत, रिटर्न अन इक्वीटी ११.०९ प्रतिशत, प्रतिसेयर नेटवर्थ २३४.७३ रुपैयाँ, पीई अनुपात २७.४२ गुणा कायम भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक
पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पहिलो त्रैमासमा १ अर्ब ५ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा ८२ करोड ९२ लाखमा सीमि थियो ।

यस्तै, यो बैंकले १ अर्ब १७ करोडमा सीमित संचालन मुनाफालाई बढाएर १ अर्ब २८ करोड पुर्याएको छ भने १ अर्ब ८७ करोडमा सीमित खूद ब्याज आम्दानी ेर २ अर्ब ३४ करोडको उचाईमा पुगेको छ ।

नाफामा उल्लेख्य प्रगति भएसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) पनि बढेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ३६.८४ रुपैयाँ रहेको इपीएस बढेर ४५.७५ रुपैयाँको उचाईमा पुगेको हो ।

समीक्षा अवधिमा बैंकले २ अर्ब ४० अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बंकले २ खर्ब ६४ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब बढी कर्जा परिचालन गरेको थियो । समीक्षा अवधिसम्म बैंकको सीडी रेसियो ८२.८८ प्रतिशत रहेको छ । तरलता टाइट भइरहेको अवस्थामा यो भनेको निकै सहज हो ।

बैंकले अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ४.१० प्रतिशतको अनुपातमा रहेको खराब कर्जा अनुपात घटेर ३.०१ प्रतिशतमा सीमित भएको छ भने कस्ट अफ फण्ड घटेर ३.०१ प्रतिशत, बेस रेट ५.६३ प्रतिशत रहेको छ ।

हिमालयन बैंक
हिमालयन बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४५ करोड २८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो बैंकको यस्तो नाफा ३६ करोड ५९ लाखमा सीमित थियो ।

अघिल्लो वर्ष ५१ करोड ७५ लाखमा सीमित संचालन मुनाफा बढेर ६४ करोड ७७ लाखको उचाईमा पुगेको छ भने ९३ अर्ब ८९ करोडमा सीमित खूद ब्याज आम्दानी बढेर १ अर्ब ११ करोडमा उचाईमा पुगेको छ ।

खूद नाफामा बढोत्तरी भएसँगै बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस) १५.६२ रुपैयाँबाट बढेर १६.९५ रुपैयाँको उचाईमा पुगेको छ ।

समीक्षा अवधिमा हिमालयन बैंकले १ खर्ब ४२ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ३८ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब ४१ अर्ब निक्षेप संकलन गरी १ अर्ब २६ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

यो बैंकको पनि सीडी रेसियो नियामकीय व्यवस्था भन्दा बढी अर्थात ९३.५४ प्रतिशत रहेको छ ।

बैंकले अघिल्लो वर्षसम्म १.२३ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटाएर ०.५८ प्रतिशतमा सीमित बनाएको छ भने यो अवधिमा बैंकको कस्ट अफ फण्ड ५.४९ प्रतिशत, आधार दर ७.०१ प्रतिशत, पीई रेसियो २८.५५ गुणा, प्रतिसेयर नेटवर्थ १९२.४९ रुपैयाँ र तरलता अनुपात १९.१५ प्रतिशत कायम भएको छ ।

नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेशको खूद नाफा भने घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ५७ करोड ११ लाख रहेको खूद नाफा घटेर ४१ करोड १६ लाखमा सीमित बन्न पुगेको हो ।

अघिल्लो वर्ष ७८ करोड रहेको संचालन मुनाफा समेत घटेर ५६ करोड ४४ लाखमा सीमित बन्न पुगेको छ भने ६९ करोड २२ लाख रहेको खूद ब्याज आम्दानी पनि घटेर ६७ करोड ६५ करोडमा सीमित बनेको छ ।

नाफा घटेका कारण त्यसको नकारात्मक प्रभाव वार्षिकीकृत प्रतिसेयर आम्दानी(इपीएस)मा परेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २६.८९ रुपैयाँ रहेको इपीएस घटेर १८.२९ रुपैयाँमा सीमित बन्न पुगेको छ ।

समीक्षा अवधिमा एनबी बैंकले ७७ अर्ब ८८ लाख बढी निक्षेप संकलन गरी ७२ अर्ब १४ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ८७ अर्ब १२ करोड बढी निक्षेप संकलन गरी ६८ अर्ब ६८ करोड बढी कर्जा परिचालन गरेको थियो । समीक्षा अवधिसम्म यो बैंकको सीडी रेसियो ८७.३८ प्रतिशत कायम भएको छ ।

समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा ८ करोड ९४ लाख रहेको छ ।

अघिल्लो वर्षको यही अवधिसम्म २.३९ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटेर १.७१ प्रतिशतमा सीमित भएको छ भने कस्ट अफ फण्ड घटेर ५.६४ प्रतिशत, आधार दर ७.५१ प्रतिशत, मूल्य आम्दानी अनुपात २२.५३ गुणा, प्रतिसेयर नेटवर्थ १७४.९५ रुपैयाँ र तरलता अनुपात २०.१५ प्रतिशत रहेको छ ।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंक लिमीटेडको खूद नाफा पनि घटेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म यो बैंकले १ अर्ब ३ करोड खूद नाफा आर्जन गरेकोमा घटेर ९७ करोड ७९ लाखमा सीमित बन्न पुगेको छ ।

यस्तै, अघिल्लो वर्ष १ अर्ब ४४ करोड रहेको संचालन मुनाफा घटेर १ अर्ब ४० करोडमा सीमित बन्न पुगेको छ ।

अघिल्लो वर्ष १ अर्ब ५५ करोड रहेको खूद ब्याज आम्दानी पनि घटेर १ अर्ब ४० करोडमा सीमित बन्न पुगेको छ ।

नाफा घट्दा बैंकको इपीएस २९.११ रुपैयाँबाट घटेर २४.३२ रुपैयाँमा सीमित बन्न पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ५९ अर्ब बढी निक्षेप संकलन गरी १ खर्ब ४३ अर्ब बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले १ खर्ब ५४ अर्ब बढी निक्षेप संकलन गरी  १ खर्ब ३५ अर्ब बढी कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष १.३७ प्रतिशत रहेको खराब कर्जाको अनुपात घटाएर ०.६२ प्रतिशतमा सीमित गराउने सफलता बैंकले पाएको देखिएको छ भने यो बैंकले सीडी रेसियो समेत ९०.२५ प्रतिशत बनाएको छ । सीडी रेसियो बाञ्छित सीमा भन्दा बढी हो ।

समीक्षा अवधिमा कस्ट अफ फण्ड ६.६२ प्रतिशत, बेस रेट ८.२७ प्रतिशत, रिटर्न अन इक्वीटी १५.६८ प्रतिशत, मूल्य आम्दानी अनुपात १९.६९ गुणा, प्रतिसेयर नेटवर्थ  १५५.१४ रुपैयाँ कायम भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.