एशोसियटमा पुराना विरुद्ध नयाँ व्यवसायीको प्रतिस्पर्धा, व्यवसायिक घरानाका तेस्रो पुस्ता मैदानमा

नेपाल उद्योग वाणिज्य महासंघ देशभरका व्यवसायीको संगठन भए पनि नेतृत्वमा भने एशोसियट क्षेत्रका व्यवसायीहरुको पकड अहिलेसम्म छ ।

महासंघको विधानमा एशोसियटतर्फ एकजना उपाध्यक्ष र १९ जना कार्यकारिणी सदस्य चुनिन्छन् । महासंघको बरिष्ठ उपाध्यक्षको निर्वाचनमा एशोसियटको मतभार ३० प्रतिशत भएपनि नेतृत्वले आर्थिक हिसाबले ब्याकअप एशोसियटले नै गर्छ ।

एशोसियटमा ठूलो कारोबार गर्ने व्यवसायिक घरानाका कम्पनीहरु, बहुराष्ट्रिय कम्पनी तथा बैंक तथा वित्तीय संस्था सदस्य हुन्छन् ।

महासंघको पछिल्लो २ कार्यकालको निर्वाचन हेर्ने हो भने अहिलेका बरिष्ठ उपाध्यक्ष तथा अध्यक्ष बन्न लागेका शेखर गोल्छाको पकड एशोसियटमा रहेको छ । यद्यपी यो पटकको निर्वाचनमा समिकरणहरु परिवर्तन भएको छ ।

प्रदिपजंग पाण्डे र भाष्करराजकर्णिकार अध्यक्षको प्रतिस्पर्धा गर्दा राजकर्णिकारको टिमबाट एशोसियट उपाध्यक्ष लडेका गोल्छाको टिमले एशोसियटमा क्लिनस्विप नै गरेको थियो ।

अघिल्लो पटक गोल्छाको टिमबाट एशोसियट उपाध्यक्ष चन्द्र ढकाल निर्विरोध भएका थिए । त्यो बेला किशोर प्रधानले एशोसियटमा उम्मेद्वारसमेत भेट्टाउन सकेका थिएनन् ।

यो पटक समिकरण परिवर्तन भएको छ । अघिल्लो पटक आफैंले हराएका किशोर प्रधान गोल्छाको समर्थनमा बरिष्ठ उपाध्यक्षको उम्मेद्वार छन् भने अघिल्लो पटक गोल्छाको प्यानलबाट निर्विरोध चुनिएका ढकाल बरिष्ठ उपाध्यक्षका उम्मेद्वार ।

प्रधान समुहबाट एशोसियट उपाध्यक्षमा सौरभ ज्योतिले प्रतिस्पर्धा गर्दै छन् भने ढकाल समुहबाट रामचन्द्र संघईले ।

अहिलेसम्मको उम्मेद्वारी हेर्दा अहिलेको कार्यसमितिमा १९ जनामा ५ जना कार्यकारिणी सदस्यको उम्मेद्वार बन्ने छैनन् ।

अहिलेको कार्यकारिणी सदस्य रहेका सौरव ज्योति उपाध्यक्षको उम्मेद्वार छन् । यो पटक निर्वाचनमा कार्यकारिणी सदस्य रहेका ओमबहादुर राजभण्डारी, ज्ञानेन्द्रलाल प्रधान, अशोककुमार तोडी र शुसीला गोयल अग्रवाल उम्मेद्वार बन्ने छैनन् ।

अहिलेको कार्यकारिणीमा रहेका ११ जना प्रधानको टिमबाट कार्यकारिणी सदस्यको उम्मेद्वार छन् । जसमा विजयसिंह वैद्य, रन्जित आचार्य, कृष्ण दुलाल, राजेश अग्रवाल, साहिल अग्रवाल, आनन्द बगारिया, मंगेशलाल श्रेष्ठ, अशोक टिमानी, सुनिल नारायण श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, प्रवलजंग पाण्डे रहेका छन् ।

यस्तै सन्दिप गाडिया, हेमन्त गोल्छा र उदिप श्रेष्ठ, शक्ति बेगानी एशोसियटका उम्मेद्वार छन् ।

हेमन्त गोल्छा गोल्छा अग्रनाइजेशनबाट महासंघको राजनीतिमा आउने तेस्रो पुस्ताका हुन् । अबको अध्यक्ष नै गोल्छा परिवारबाट शेखर गोल्छा बन्दैछन् । यसअघि गोल्छा परिवारबाट हुलाशचन्द्र गोल्छा र दिवाकर गोल्छा प्रथम उपाध्यक्षसम्म भएपनि अध्यक्ष बन्न सकेका थिएनन् ।

उदिप श्रेष्ठ पन्चकन्या ग्रुपका हुन् । उनका बुवा प्रदिपकुमार श्रेष्ठ अहिलेसम्मकै कम उमेर ३७ वर्षमै महासंघको अध्यक्ष बनेका थिए ।

ढकालको प्यानलबाट अहिलेका तीनजना कार्यकारिणी सदस्य एशोसियटमा पुनः उम्मेद्वार बनेका छन् । जसमा भरत आचार्य, गोपाल खनाल र रामशरण थपलिया एशोसियटबाट पुनः उम्मेद्वार बन्दैछन् ।

अहिलको कार्यकारिणी समितिमा वस्तुगतबाट सदस्य रहेका बिनोद ढकाल यो पटक एशोसियटबाट उम्मेद्वार बन्दैछन् ।

ढकाल प्यानलबाट अहिलेसम्म अजित वस्नेत, अम्बिकाप्रसाद पौडेल, विराट थापा, कृष्णलाल महर्जन, बाबुकाजी कार्कीले एशोसियटबाट उम्मेद्वारी दर्ता गराएका छन् ।

यसबाहेक शुसील थापा र रामकृष्ण प्रसाईले समेत ढकाल प्यानलबाटै एशोसियट तर्फबाट उम्मेद्वारी दिन लागेका छन् । जसमा प्रसाई पशुपति मुरारका अध्यक्ष हुँदा कार्यकारिणी सदस्य थिए ।

१९ जना कार्यकारिणी सदस्य चुनिएपनि अहिलेसम्मको तयारी हेर्दा दुवै प्यानले १९ जना नै उम्मेद्वार खडा नगर्ने देखिएको छ । त्यो हुँदा २÷३ जना उम्मेद्वार दुवै प्यानलमा पर्न सक्छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.