कर्मचारीलाई फोन लोन दिन बैंकहरुबीच प्रतिस्पर्धा

पछिल्लो समय बैंकहरुले कर्मचारीहरुलाई फोनमार्फत् नै कर्जा योजना ल्याउने क्रम बढ्दो छ । असोजको पहिलो साता नबिल बैंकले फोन लोन योजना सार्वजनिक गरेपछि तलब खाताका ग्राहकलाई फोनमार्फत् लोन दिन बैंकहरुबीच प्रतिस्पर्धा हुन थालेको हो ।

कोरोना संक्रमणका जोखिम न्यूनिकरणका लागि हरेक क्षेत्रले व्यवसाय डिजिटल बनाउँदै गएका छन् । डिजिटलाइजेसनमा अन्य क्षेत्रको तुलनामा बैंकिङ क्षेत्र अगाडि छ ।

अन्तराष्ट्रिय प्रविधि बैंकिङ क्षेत्रले भित्राएर प्राय कारोबार डिजिटल प्रयोगमा पुरा गरेपनि कर्जा सम्बन्धी कारोबारका लागि अझै पनि ग्राहकलाई बैंककै काउण्टरमा पुग्नु पर्ने बाध्यता छ । तर पछिल्लो समय केही वाणिज्य बैंकहरुले तलबी खाता ग्राहकलाई घरमै बसी बसी कर्जा दिन मिल्ने योजना सार्वजनिक गरेका छन् ।

बैंकमा तलबी खाताका ग्राहकले आवश्यकतामा जहाँ र जस्तो अवस्थामा पनि इन्टरनेटको पहुँचमा भएको ठाँउबाट मोबाइलबाटैे आवेदन दिँदा कर्जाको रकम खाता जम्मा हुने व्यवस्था नबिल बैंक, कुमारी बैंक र एनएबी बैंकले गरेका हुन् । साथै, एभरेष्ट बैंकले समेत तलबी खाताका ग्राहकलाई फोनबाटै कर्जा योजना ल्याउने तयारी गरेको बैंकले जानकारी दिएको छ । अन्य बैंक समेत यसको तयारीमा रहेका छन् ।

कुनैपनि संघ संस्था तथा रोजगारदाता प्रतिष्ठानहरुले बैंकहरुमा आफ्ना कर्मचारीको तलबी खाता खोलेको भएमा मात्र कर्मचारीले लोनको आवेदन दिन पाउँछन् । जसमा बैंकहरुले ग्राहकको खाता शुरु भएको समयावधि, खातामा पैसा जम्मा हुने र बचत हुने प्रवृतिको अध्ययन विश्लेषण गरेर मात्र बिना धितो कर्जा स्वीकृत गर्छन् । साथै तलबी खाता भएको बैंकबाट फोन लोन लिनका लागि अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर खराब कर्जा नभएको र कालोसुचीमा नपरेको हुनु पर्नेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.