काठमाडौँको बसुन्धारामा गए राती ट्याक्सी र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौँको बसुन्धारामा गए राती ट्याक्सी र स्कुटर ठोक्किँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखाको बार्पाक सुलिकोट–३ घर भई प्रहरी वृत्त महाराजगन्ज दरबन्दी भएर प्रहरी प्रभाग तिलिङगेटारमा कार्यरत प्रहरी कार्यालय सहयोगी ३१ वर्षीय राजु गुरुङ रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा शिक्षण अस्पताल महाराजगन्जमा मृत्यु भएको हो ।

नारायणगोपालचोकबाट बसुन्धारातर्फ जाँदै गरेको बा २ ज ११९२ नम्बरको ट्याक्सी र विपरीत दिशाबाट आउँदै गरेको बा ९१ प ५४०३ नम्बरको स्कुटर गए राती पौने २ बजे ठोक्किएका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.