कुमारी बैंकको २ लाख कित्ता सेयर आजदेखि बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको २ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

प्रुडेन्सियल क्यापिटल म्यानेजमेन्ट कम्पनीको नाममा रहेको उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

उक्त सेयर खरिदका लागि आजैका मितिदेखि ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा बैंकको केन्द्रीय कार्यालयमा आईपुग्ने गरि आवेदन दिन सकिनेछ ।

उक्त सेयरको बिक्री मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

तोकिएको म्यादभित्र विद्यमान संस्थापकहरुबाट आवेदनमा नपरेमा संस्थापक भन्दा बाहिर सेयर बिक्री प्रक्रिया अगाडि बढ्ने सक्ने बताइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.