क्यानडाले चिनियाँ ईभीमा लगायो १००%भन्सार कर

क्यानडाले चीनमा बनेका विद्युतीय सवारी साधन (ईभी) मा शतप्रतिशत भन्सार कर लगाएको छ ।

उक्त देशले ईभी आयातमा चीन विरुद्ध पछिल्लो पटक अतिरिक्ति महसुल लगाउँदै कठोर कदम चालेको हो । अमेरिका र यूरोपेली संघ(ईयू) ले चिनियाँ ईभीमा अतिरिक्त महसुल लगाएपछि क्यानडाले पनि सोही प्रयासलाई अनुशरण गरेको बीबीसी ले आफ्नो वेबसाइटमा समाचार छापेको छ । यो अतिरिक्त महसुल भने आगामी अक्टोबर १ देखि लागू हुनेछ ।

क्यानडाले चीनबाट आयात हुने स्टिल र आल्मुनियममा पनि २५ प्रतिशत अतिरिक्त महसुल लगाउने बताएको छ । यो महसुल भने अक्टोबर १५ देखि लागू हुने छ ।

चीनले क्यानडाको यस कदमलाई ‘व्यापार संरक्षणवाद’ भनेको छ जसले विश्व व्यापार संगठन (डब्लूटीओ) को नियमहरूको उल्लंघन पनि गरेको छ।चीन सरकारले निर्यातका लागि ईभी उद्योगमा अनुदान दिएको र यसबाट त्यहाँका कार निर्माताहरूलाई अनुचित फाइदा मिलेको दाबी क्यानडा र अन्य पश्चिमी मित्र देशहरूले लगाइरहेका छन् ।

यो कदमपछि क्यानडास्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा चीनको विद्युतीय सवारी उद्योगको तीव्र विकास निरन्तर प्राविधिक आविष्कार, राम्रोसँग स्थापित औद्योगिक र आपूर्ति श्रृंखला र पूर्ण बजार प्रतिस्पर्धाको परिणाम भएको भन्दै घुमाउरो भाषामा आलोचना गरेको छ ।

अमेरिकापछि चीन क्यानडाको दोस्रो ठूलो व्यापारिक साझेदार हो।मे महिनामा अमेरिकाले चिनियाँ सवारीसाधनको आयातमा लाग्ने करलाई शतप्रतिशत चार गुणा बढाउने बताएको थियो।

त्यस पछि ईयूले ३६.३ प्रतिशतसम्म चीनमा निर्मित ईभीमा शुल्क लगाउने योजना घोषणा गरेको थियो ।क्यानडाले चिनियाँ ईभीमा लगाएको शुल्कमा टेस्लाले आफ्नो शाङ्घाई कारखानामा बनाएका ईभीहरु पनि समावेश हुनेछन्।यस महिनाको शुरुमा, एलन मस्कको कार निर्माता कम्पनी टेस्साले अनुरोध गरेपछि ईयूले चीनमा निर्मित टेस्लामा आफ्नो योजनाबद्ध अतिरिक्त ट्यारिफलाई आधा भन्दा बढीले कटौती गरेको थियो ।

चीन विश्वको सबैभन्दा ठूलो ईभी निर्माता हो । चिनियाँ कार निर्माता कम्पनी बीर्वाडी लगायतकधा कमपनीहरूले छोटो समयमा नै विश्वव्यापी बजारमा ठूलो बजार हिस्सा कायम गरेका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.