क्रेडिट रेटिङ कम्पनीसंग अन्तरक्रिया, व्यवसायबारे विज्ञहरुसँग छलफल

नेपाल धितोपत्र बोर्डको आयोजनामा क्रेडिट रेटिङ्ग व्यवसायको वर्तमान अवस्था तथा सोको विविध पक्षहरुका सम्वन्धमा क्रेडिट रेटिङ्ग कम्पनीसंग छलफल\अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा इक्रा नेपाल लि.का विज्ञ किशोरप्रसाद विमली तथा केयर रेटिङ्गस नेपाल लि.का कार्यकारी प्रमुख साजन गोयलले क्रेडिट रेटिङ्ग व्यवसाय सम्वन्धी विविध पक्षहरु साथै चालु आवदेखि शुरु भएको वैंक ऋणीको क्रेडिट रेटिङ्ग प्रक्रिया, रेटिङ्ग गरिएका संगठित संस्थाहरु सम्वन्धी विवरण, रेटिङ्ग फि संरचना लगायतको विषयमा प्रस्तुती गरेका थिए ।

इण्डष्ट्रियल रिक्स, बिजनेश रिक्स, म्यानेमेन्ट रिक्स, फाइनान्सियल रिक्स र प्रोजेक्ट रिक्सका सूचकहरुको आधारमा रेटिङ्ग गरिने जानकारी समेत गराइएको थियो ।

उक्त कार्यक्रमा नगर विकास कोषहरुसंग समन्वय गरी हाल पाँच नगरपालिकाहरुको रेटिङ्ग गर्ने प्रक्रिया समेत शुरु भएको र सो रेटिङ्गका आधारहरुको सम्वन्धमा समेत प्रस्तुती गरिएको थियो ।

सो अवसरमा कार्यक्रमको उद्देश्यमाथि वोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्यालले प्रकाश पारेका थिए भने अर्का कार्यकारी निर्देशक निरज गिरीले धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रममा वोर्डका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको शुभारम्भ गर्दै वोर्डका अध्यक्ष डा. रेवतवहादुर कार्कीले विगतमा सार्वजनिक निष्काशनको मात्र क्रेडिट रेटिङ्ग भईरहेकोमा उक्त व्यवसायको क्षेत्र विस्तार गर्ने वोर्डको कार्यक्रम बमोजिम वित्तीय संस्थाको ऋणमा ऋणी संस्थाकोे रेटिङ्ग गर्नु पर्ने बताएका थिए ।

साथै स्थानीय ऋणपत्रको लागि स्थानीय निकायहरुको समेत रेटिङ्गको व्यवस्था आवश्यक भएको बताउँदै उनले धितोपत्र सूचीकरण तथा कारोवार नियमावली, २०७५ र धितोपत्र सूचीकरण विनियमावली, २०७५ मा सूचिकृत कम्पनीहरुको रेटिङ्गको व्यवस्था गरिएकोमा यसबाट यो व्यवसायको महत्व तथा कार्यक्षेत्र उल्लेखनीय रुपमा बढ्ने गएको धारणा राखेका थिए ।

रेटिङ्ग व्यवसायको क्षेत्र विस्तार हुनुको साथै गत वर्ष थप एक संगठित संस्थाले समेत क्रेडिट रेटिङ्ग व्यवसाय गर्ने अनुमति प्राप्त गरेको हँुदा क्रेडिट रेटिङ्ग कम्पनी वटा भएका छन् ।

क्रेडिट रेटिङ्ग सेवा थप प्रतिस्पर्धी र छिटो छरितो भर्ई सेवाग्राहीहरुले सहज एवं सरल ढंगले सेवा प्राप्त गर्न सक्ने अवस्था समेत सिर्जना भएकोले हाल वोर्डले थप एक संगठित संस्थालाई क्रेडिट रेटिङ्ग कम्पनी स्थापना गर्न सहमतिपत्र समेत प्रदान गरेको जनाइएको छ ।

वित्तीय क्षेत्रको ऋणीलाई कर्जा प्रवाह गर्दा रेटिङ्ग गर्नु पर्ने व्यवस्था यसै वर्ष शुरु भए अनुसार यस आ.व को पहिलो ४ महिनामा १० वटा यस्तो रेटिङ्ग भैसकेको छ भने सार्वजनिक निष्काशनको लागि १२ वटा रेटिङ्ग भएको छ । गत आवकोे यही अवधिमा सार्वजनिक निष्काशनको सात वटा रेटिङ्ग भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.