ग्लोबल आइएमईको सीईओमा सुरेन्द्रराज रेग्मी

ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । कम्पनीको गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको हो । उनीले भदौ १ गतेबाट लागू हुने उक्त पदका लागि कार्यभार सम्हालेछन् ।

बैंकिङ क्षेत्रमा ३६ वर्ष लामो अनुभव भएका उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् । उनले व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा सञ्चालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा कार्यानुभव हासिल गरिसकेका छन् । उनी यसअघि कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।

उनले बेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् । त्रिभुवन विश्वविद्यालयबाट भने अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । हाल भने कम्पनीको सीईओमा रत्नराज बज्राचार्य छन् । उनी आगामी भदौ १ गतेबाट लागू हुने गरि बाहिरिने छन् । कम्पनीको सोही बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जातर्फ साना तथा मझौला/खुद्रा कर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण गर्छन् । रेग्मीले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गरेका छन् ।

बैंकिङ्ग क्षेत्रसँग सम्बन्धित दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल मानिन्छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.