घरमै बसेर बिलबुक नविकरण!

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

नेपालमा सरकारी कार्यालयको काम निकै झन्झटिलो छ। त्यसमाथि यातायात सम्बन्धी काम त दिक्दार लाग्दो नै हुन्छ।
बिलबुक नविकरण गर्नको लागी घण्टौसम्म लाइन बस्नु पर्छ जसले गर्दा आफ्नो दैनिक कार्य समेत बिथोलीन्छ।
सर्वसाधरणको यही झण्झटलाई मध्यनजर गर्दै ‘१०१ सेवाले’ सवारी साधनको बिलबुक बुक घर वा कार्यालयमै आएर नबिकरण गरेर ल्यइदिने सेवा सुरुगरेको छ।
यस संस्थाका कर्मचारीहरु घरमै अएर बिल बुक लौजान्छन् र नविकरण गरेर ल्याइदिन्छन्।
कम्पनीले अहिले काठमाडौँ उपत्यकाभित्र मात्रै सेवा दिइरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमितमान बस्नेतले जानकारी दिए।
कम्पनीले २ पाङग्रेको लागि ४ सय ८५ रुपैयाँ, ४ पाङग्रे गाडीको लागि ६ सय ८५ रुपैयाँ र अनलाइनबाट लाइसेन्स आवेदन फारम भर्न १ सय ५० रुपैया सेवा शुल्क लिने बस्नेतले जानकारी दिए ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.