चन्द्रागिरि हिल्सले गर्यो आवेदकलाई सम्मान, आईपीओ भर्ने सबैलाई केबलकार यात्रामा २५% छुट

काठमाण्डौ । चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओ भर्नेले चन्द्रागिरि केबलकारमा २५ प्रतिशत छुट पाउने भएका छन्।
कम्पनीको गत पुस २९ गते सम्पन्न ११ औँ वार्षिक साधारणसभाले यस्तो छुट दिने निर्णय गरेको हो। सभाले चन्द्रागिरिले स्थानीय तथा सर्वसाधारणका लागि खुलाएको आईपीओमा आवेदन दिने सबैलाई केवलकार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गर्ने निर्णय गरेको छ।

चन्द्रागिरिको आईपीओमा उल्लेखनीय सहभागिता तथा कम्पनीप्रति देखाइएको विश्वास अनि सबैलाई सेयर पर्ने सम्भावना न्यून रहेको हुँदा सम्पूर्ण आवेदकको सम्मानगर्दै कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले यो योजना सार्वजनिक गरिएको जानकारी दिए। स्थानीय तथा सर्वसाधारणका लागि खुलाइएको आईपीओ भर्ने १२ लाख ५६ हजार ७४६ आवेदकले सेयर भर्दाको कुनै न कुनै प्रमाण छुट सुविधाका लागि टिकट काउन्टरमा देखाउनुपर्नेछ। यो योजना यही माघ ५ देखि १ वर्षसम्मका लागि मान्य हुनेछ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोटलगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.