चाडपर्वले भारतमा गाडी व्यापार चम्कियो, कुन कम्पनीका कति गाडी बिके ?

 कोरोनाले थलिएको गाडी व्यापारमा अन्ततः चाडपर्वले राहत दिएको छ । नेपालमा दसैँ तिहारले गाडी व्यापारमा खुशी ल्याएजस्तै भारतमा पनि गाडी व्यापारमा बृद्धि भएको छ ।

भारतको सबैभन्दा ठुलो गाडी निर्माता कम्पनी मारुती सुजुकीले अक्टोबर महिनामा मात्रै १ लाख ८२ हजार ४४८ थान गाडी बिक्री गरेको छ । यो गत वर्षको यहि अवधिको तुलनामा १९ प्रतिशत धेरै हो ।

देशव्यापी रुपमा भएको लकडाउनका कारण कम्पनी नराम्रोसँग प्रभावित भएको थियो । जसकारण जुलाई महिनामा कम्पनीले सन् २००३ यताकै सर्वाधिक धेरै घाटा व्यहोरेको थियो ।

भारतको दोस्रो ठुलो गाडी निर्माता कम्पनी हुण्डाईले पनि अक्टोबरमा सर्वाधिक धेरै गाडी बिक्री गरेको छ । कम्पनीले दिएको तथ्यांक अनुसार ५६ हजार ६०५ थान गाडी बिक्री भएका छन् । कम्पनीले यसअघि सन् २०१८ को अक्टोबरमा सर्वाधिक धेरै बिक्री गरेको थियो । सन् २०१८ को अक्टोबरमा ५२ हजार कार विक्री भएका थिए ।

त्यस्तै एसयुभि सेग्मेण्टमा निकै लोकप्रिय रहेको महिन्द्रा एण्ड महिन्द्रा कम्पनीले पनि गत वर्षको तुलनामा अक्टोबरमा गाडी विक्री १ प्रतिशतले बृद्धि भएको जनाएको छ । चर्चित ब्राण्डहरुका साथै अन्य कम्पनीका गाडीको विक्रीमा पनि सकरात्मक संकेत देखिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.