चालु आवको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी) ले नेपालमा चालु आर्थिक वर्षमा ४.९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

एडीबीले गत आर्थिक वर्ष २०८०–८१ मा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशत भएको जनाएको छ । चालु आवमा नेपालको मूल्यवृद्धि दर ५.५ प्रतिशत रहने एडीबीको भनाइ छ । नेपाल राष्ट्र बैंकले भने मूल्यवृद्धि ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.