चीनले उडायो पहिलो ‘होम ग्रोन’ जेट, परिक्षण उडान सफल

आर्थिक समाचार

सांघार्इ।

चीनले पहिलोपटक आफैँले बनाएको यात्रुवाहक जेट विमानको पहिलो उडानको सफल परिक्षण गरेको छ। चीनको सरकारी कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेसन अफ चाइनाले बनाएको ‘सि ९१९’ मोडेलको सो जहाजले साङ्घाइको पुदोङ इन्टरनेसनल एयरपोर्टबाट पहिलो उडान भरेको हो।

दुई इञ्जिन र एकसय ५८ देखि १७४ सिट क्षमता हुने न्यारो बडी जेट विमानले बोइङ ७३७ र एयरबस ३२० सँग प्रतिस्पर्धा गर्ने जनाइएको छ। कम्पनीका अनुसार हालसम्म यो प्रकृतिका जहाज निर्माण गर्नका लागि पाँचसय ५७ वटा विमानको अर्डर प्राप्त भइसकेको छ।

कम्पनीले यो जहाज इन्धनमैत्री भएको जनाएको छ। यसको प्रतिस्पर्धी एयरवसको ३२० र बोइङ ७३७ ले भन्दा कम इन्धन खपत गर्ने जनाएको छ। त्यस्तै प्रदुषण कम गर्ने र क्याविन र सिटमा कम्फर्ट रहेको कम्पनीले जनाएको छ।

चीनलाई आउँदो दुई दशकभित्र झण्डै एक ट्रिलियन डलर मूल्यबराबरको करिब ७ हजार विमान आवश्यक पर्ने बताइएको छ। जसका लागि यो कम्पनीले धेरैमात्रामा जहाज आपूर्ति गर्ने जनाएको छ।

चीनले यो जहाजलाई मुख्यतया आन्तरिक उडानका लागि प्रयोग गर्ने र अन्य देशको आवश्यकताअनुसार निर्माण गर्न सकिने जनाएको छ। सन् २०१४ मा नै परिक्षण उडान भएको यो विमानमा केहि प्राविधिक समस्या देखिएपछि तीनबर्षपछि सफल उडान गरिएको हो।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.