चेक क्लिएरिङ्ग महशुल घट्यो

काठमाडौं।

साउने १ गतेदेखि लागू हुने गरी नेपाल क्लिएरिङ्ग हाउसले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली (आईपीएस) बाट हुने  कारोबार महसुल घटाएको छ ।

क्लिएरिङ्ग हाउसलले ८५ रुपैयाँ घटाएर छ । यस अघि अधिकतम १०० रुपैयाँसम्म शुल्क लाग्दै  आएकोमा अब बढीमा १५ रुपैयाँसम्म मात्र शुल्क लाग्ने व्यवस्था गरिएको छ ।

कति कारोबारमा कति मसुल ?

अब साउन १ गतेदेखि ५ सय रुपैयाँसम्मको कारोबारमा २ रुपैयाँ महसुल लाग्नेछ भने ५ सयदेखि ५ हजार रुपैयाँसम्मको कारोबारमा ५ रुपैयाँ शुल्क लाग्नेछ ।

त्यसैगरी ५ हजारदेखि ५० हजारसम्म १०, रुपैयाँ  तथा ५० हजार भन्दा माथिको कारोबार १५ रुपैयाँमात्र शुल्क लाग्ने क्लियरिङ्ग हाउसले जनाएको विदेशी मुद्रा कारोबारको हकमा भने प्रतिकारोबार १५ रुपैयाँ महसुल लाग्ने बताइएको छ ।

क्लिएरिङ्ग हाउसको सदस्य बैंकबाट सुरु

कारोबारमा लाग्ने शुल्क क्लिएरिङ्ग आउसले आफ्नो सदस्य बैंकहरुलाई लगाने व्यवस्था गरेको हो । हाउसले बैंक तथा वित्तिय संंस्थाहरुको आन्तरिक व्यवस्था अनुसार सेवाग्राहीलाई तोक्ने महसुल दरमा भने फरक पर्न सक्ने जनाएको छ ।

नेपाल क्लिएरिङ्ग हाउसले आईपीएस प्रणाली मार्फत कष्टमर ट्रान्सफर, रेमिट्यान्स , तलव भत्ता, डिभिडेन्ट, आइपीओ रिफन्ड, बिमा, किस्ता, झुक्तानी, सहकारी भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी जस्ता महसुल सहज रुपमा तिर्न सक्ने जनाएको छ । हालसम्म ७७ भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु क्लिएरिङ्ग हाउसको सदस्य रहेका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.