जन्मदिनकै दिन जटिल शल्यक्रिया, होस खुल्नेबित्तिकै ‘बर्थडे सेलिब्रेसन’

जटिल शल्यक्रियापछि जब बिरामीको होस् खुल्छ तब आफ्नो वरिपरि झकीझकाउ वातावरण देख्दा कस्तो होला बिरामी रहेको शय्यावरिपरि रंगबिरंगी बेलुनहरु, खाल–खालका क्यान्डिल लाइट, आफन्त र शुभेच्छुकसहित सेता कोर्टधारी चिकित्सक र स्वास्थ्यकर्मीको टोली पनि वरिपरि। यस्तो उत्सवमय वातावरणमा सबैबाट एक आमनागरिकले जटिल शल्यक्रियापछि होस खुल्नेबित्तिकै जन्मदिनको विशेष शुभेच्छा प्रकट होला भन्ने कल्पनासम्म गरेको हुँदैन।

नेपालको स्वास्थ्य विज्ञानको क्षेत्रमा यस्ता घटनालाई दुर्लभ मानिन्छ। विदेशका ठूला र स्तरीय अस्पतालमा मात्र बिरामीलाई यो स्तरको केयरिङ हुने गरेको छ। तर, पछिल्लो समय विदेशकै स्वास्थ्यसंस्थाको दाँजोअनुसारकै सेवाको गुणस्तर व्यवस्थापन गर्ने नेपालका कतिपय अस्पतालहरुले पनि बिरामीहरु आईसीयूको शय्यामा छटपटाइरहँदासमेत यस्तै पारिवारिक माहौल सिर्जना गरिदिन्छन्। अस्पतालमै घरको जस्तो माहौल बनेपछि बिरामीहरु पनि मख्ख नपर्ने कुरै भएन।

बुटवलकी १८ वर्षीया विमला परियार यस्तै भाग्यमानी बिरामी हुन्, जसले जटिल शल्यक्रियाकै दिन परेको जन्मदिनको उत्सवसमेत गुमाउनु परेन।

केही दिनअघि ब्रेनमा ट्युमर पलाएर शल्यक्रियाका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएकी विमलाका लागि जटिल शल्यक्रिया सफल भई नयाँ जीवन पाउँदै गर्दाको क्षण स्मरणीय बन्यो।

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार ब्रेनको केन्द्रभागमा पलाएको ट्युमरको शल्यक्रिया जटिल रहेको स्वयं बिरामीलाई पनि अपरेसन थिएटरमा प्रवेश गर्नुअघि महसुस भएको थियो। ‘अपरेसन थिएटरमा छिराउनुअघि बिरामी केही आत्तिएको र निराश बनेको देखेँ’, आफ्नो करिअरकै पहिलो र दुर्लभ क्षण सिर्जना गरेका नर्भिक इन्टरनेसनल हस्पिटलका सिनियर युरो सर्जन प्रा।डा। राजीव झा भन्छन्, ‘कुरा बुझ्दा सोही दिन उनको जन्मदिन परेको रहेछ। जन्मदिनको दिन नै जटिल शल्यक्रियाको निर्णय लिएका कारण केही अशुभ पो हुने हो कि भन्ने चिन्ताले उनमा घर गरेको रहेछ।’

त्यसपछि झा नेतृत्वको टिमले शल्यक्रियापछि उनको जन्मदिनलाई उत्सवका रुपमा त्यही मनाइदिने निर्णय गर्यो। ६ घन्टा लामो अथक प्रयासपछि उनको शल्यक्रिया सफल भयो। बिहान ८ बजेदेखि सुरु भएको शल्यक्रिया सफल भएको ३ घन्टाभित्रै बिरामीको होस खुलिसकेको थियो। जब होस खुल्यो, सो बेला स्वास्थ्यकर्मीहरुले बिरामीको कोठा सिंगारिसकेका थिए। अपरेसनको पीडाबाट उठ्दै गर्दा विमलाका लागि नर्भिक टिमले बर्थ डे९जन्म दिनको० सरप्राइज गिफ्ट दियो। विमलाका आफन्त र नर्भिकका स्वास्थ्यकर्मीहरुले सुरक्षित ढंगले आईसीयूमै विमलाको जन्मदिन मनाइदिए।

अस्पतालमा शल्यक्रिया गर्न आएकी विमला पनि नर्भिकका सरप्राइज गिफ्टका कारण मख्ख थिइन्। ‘बिरामीहरुको यो लेभलको केयरिङ हुने अस्पताल पनि नेपालमा रहेछ भन्ने महसुस भयो’, बिमला सो दिनको घटना सम्झिँदै भन्छिन्, ‘अस्पतालका स्वास्थ्यकर्मीहरु मिलेर बर्थ डे मनाउँदा ममा खुसीको सीमा नै रहेन। अपरेसनको पीडा आधा नै कम भएजस्तो भयो।’

अपरेसन थिएटरमा प्रवेश गर्नुअघि आफूलाई जन्मदिनकै दिन मरिने हो कि रु भन्ने डर भए पनि सफल शल्यक्रियापछि नयाँ जीवन पाएकै क्षणमा जन्मदिवस पनि स्पेसल बनाइदिएकोमा उनी मख्ख छिन्। ‘मेरो जीवनमा अविस्मरणीय क्षण बनाइदिनुभएकोमा म नर्भिकका डाक्टर र नर्सहरुलाई जीवनभर सम्झिरहनेछु’, भावुक हुँदै उनले भनिन्, ‘अस्पतालहरुले आफ्ना बिरामीलाई आफ्नै परिवारको सदस्य जस्तै व्यवहार गर्ने हो भने बिरामीलाई निको हुन पनि कुनै समय नलाग्ने मैले अनुभव गरेकी छु।’

बिरामी विमलामात्र होइन आफ्नो करिअरमा दुर्लभ क्षण सिर्जना गरेकोमा प्रा।डा। झासमेत मख्ख छन्। ‘मेडिकल दुनियाँमा यस्तो घटना निकै दुर्लभ हुन्छ। नेपालमा त अझ दुर्लभ’, उनले भने, ‘बिरामीलाई अपनत्वको महसुस गराउन समेत हामीले यो काम गर्यौँ।’

प्रा।डा। झाका अनुसार विमलाको ब्रेनको ट्युमर जटिल प्रकारको थियो। जुनसुकै खालको जोखिम आउन सक्थ्यो। तर, सुखद संयोग नै मान्नुपर्छ, जन्मदिनकै दिन विमलाले लिएको निर्णयका कारण अशुभ भएन। करिअरमा १५ हजार बढी अपरेसन गरिसकेका डा। झाले अपरेसनपछि होस खुलेलगत्तै बिरामीको बर्थ डे मनाइदिएको क्षण आफ्ना लागि स्मरणीय रहने र यस्तो घटना आफ्नो करिअरकै पहिलो रहेको समेत बताए।

‘अस्पतालमा आएका बिरामी हाम्रा पारिवारिक सदस्य हुन्, उनीहरुको सुखदुःखमा अस्पताल रहञ्जेल हामीले साथ दिनुपर्छ’, डा। झा भन्छन्, ‘यदि सबै अस्पताल र स्वास्थ्यकर्मीमा यो भावनाको विकास हुने हो भने यसले नेपालको स्वास्थ्य संस्थालाई हेर्ने दृष्टिकोणमै परिवर्तन ल्याइदिनसक्छ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.