जो बाइडेन राष्ट्रपति हुने पक्का भएपछि एसियाली र अमेरिकी सेयरबजारमा उछाल

अमेरिकी निर्वाचनको अन्तिम परिणाम आउन बाँकी रहेकै बेला एसियाली सेयर बजार र अमेरिकी फुयुचर्समा वृद्धि आएको छ।

बिहीबार हङकङको हाङ सेङ इन्डेक्स(एचएसआई) २.७५ प्रतिशतले बढ्यो। यो वृद्धि जुलाई महिनायताकै सबैभन्दा धेरै हो। यस्तै दक्षिण कोरियाको कोप्सी २.४ प्रतिशतले बढ्यो। यो वृद्धि पछिल्लो एक महिनाकै उच्च हो। 

जापानको निक्की (एन२२५) १.७ प्रतिशतले बढ्यो र चीनको सांघाई कम्पोजिट पनि १.३ प्रतिशतले बढ्यो। गत बुधबार अमेरिकाको डो फयुचर्स ३६८ अंकको साथ बन्द भएको थियो। यस्तै एस एन्ड पी २.२ प्रतिशतको को वृद्धिका साथ बन्द भएको थियो भने नास्डक पनि ३.९ प्रतिशतको वृद्धिका साथ बन्द भएको थियो। 

अमेरिकी राष्ट्रपति निर्वाचनको मतपरिणाम आउन बिलम्ब भइरहेको पनि सेयर बजार भने वृद्धि भइरहेको छ। लगानीकर्ताले अमेरिकी राष्ट्रपति पदमा डेमोक्रेटिक उम्मेद्वार जो बाइडेन निर्वाचित हुने सम्भावना अधिक रहेको अनुमान लगाएकाले यसले विश्वभरका सेयर बजारलाई बुस्ट गरेको छ। बाइडेनले मुख्य चुनावी अजेन्डाका रुपमा भौतिक पूर्वाधार र कोरोना महामारी नियन्त्रणमा खर्च बढाउने योजना सार्वजनिक गरेका थिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.