टेकु अस्पतालमा कोरोना उपचार गर्न कतिसम्म खर्च गर्नुपर्छ ? यस्तो छ नयाँ शुल्क तालिका

काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना उपचार गर्दा लाग्ने खर्चको तालिका सार्वजनिक गरिएको छ।

स्वास्थ्य मन्त्रालयले गत शुक्रबारदेखि लागू हुने गरी टेकु अस्पतालमा भर्ना भई कोरोना संक्रमणको उपचार गर्ने बिरामीको उपचार शुल्क तालिका सार्वजनिक गरेको हो। शुल्क तालिकाअनुसार अब टेकु अस्पतालमा भेन्टिलेटर आवश्यक पर्ने जटिल अवस्थाका कोरोना संक्रमितलाई आईसीयूमा भर्ना गर्न ५० हजार धरौटी बुझाउनुपर्ने हुन्छ। मन्त्रालयका अनुसार त्यसको दैनिक खर्च भने १५ हजार लाग्नेछ। 

यस्तै भेन्टिलेटरबिना आईसीयू र क्याबिन आइसोलेसनमा भर्ना हुन परेमा ३० हजार धरौटी बुझाउनुपर्ने हुन्छ। त्यसको दैनिक खर्च भने ७ हजार ५०० रुपैयाँ हुनेछ।

मध्यम जटिल अवस्थाका बिरामीका लागि ग्यास्ट्रो आइसोलेसनमा भर्ना गर्न परेमा २० हजार धरौटी बुझाउनुपर्ने र दैनिक ३ हजार ५०० खर्च लाग्ने मन्त्रालयले जनाएको छ। 

आफ्नो प्रमाणपत्र वा पालिकाको सिफारिसपत्र अनुसार गरिब, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त र एकल महिलाले कोरोना उपचारमा १० देखि सतप्रतिशतसम्म छुट पाउन सक्ने मन्त्रालयले जनाएको छ। छुट अस्पतालका प्रमुख कन्सल्टेन्ट र निर्देशकको लिखित निर्णयमा बिरामीको आर्थिक अवस्था र आवश्यकताका आधारमा दिइने मन्त्रालयले स्पष्ट पारेको छ। 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.