ट्रम्पका हतियारधारी समर्थकद्वारा संसद भवनमै आक्रमण, एक महिलाको मृत्यु, वासिङ्टनमा १२ घन्टाका लागि कर्फ्यू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थकहरुले अमेरिकी संसदमै हतियारहित आक्रमण गरेका छन् ।  उक्त क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको छ । अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका बेला आक्रमण भएको हो । 

नोभेम्बरमा भएको निर्वाचनमा पराजीत ट्रम्पले हार अस्वीर गदै आफ्ना समर्थकहरुलाई उत्तेजित पार्दै हिंसात्मक प्रदर्शनका लागि हौस्याउँदै संसद भवनभित्रै पसेर उनीहरुले तोडफोड गरेका हुन् । भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लिएका थिए ।

परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जना महिलाको मृत्यु भएको न्यूयोर्क टाइम्सले जनाएको छ । ट्रम्प समर्थकको हिंसात्मक प्रदर्शनपछि राजधानी वासिंगटनमा कर्फ्यू लगाइएको छ भने संसद भवन सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका हुन् ।

ट्रम्पले भने आफ्ना उग्र समर्थकको गतिविधिको बचाउ गर्दै आफूले जितेको चुनाव धाँधली गरेर खोस्दाको परिणाम भएको तर्क गरेका छन् । उग्र हतियारधारी ट्रम्प समर्थक जत्थाले अवरोध गरेपछि केही समय इलेक्टोरल मतलाई आधिकारिकता प्रदान गर्ने सदनको कार्यक्रमसमेत केही समय रोकिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.