डेढ वर्षपछि कोरियामा श्रमिक पठाउने प्रक्रिया पूरा, सिधा उडान हुने

 साढे १ वर्षदेखि श्रमका लागि दक्षिण कोरिया जान नपाएकाहरु अब जान पाउने भएका छन् । यसका लागि हालै श्रमिक पठाउने प्रक्रिया पूरा भएको छ । दक्षिण कोरिया सरकारले कामदारको सिधा हवाई उडान हुनुपर्ने, कोभिडको बीमा हुनुपर्ने र आफ्नै खर्चमा १४ दिन होटल क्वारेन्टिन बस्नुपर्ने सर्त राखेको थियो ।

सोही अनुसार नेपाल सरकारले दक्षिण कोरियामा श्रमिक पठाउनको लागि विभिन्न प्रक्रिया पूरा गरेको हो । सरकारले सर्तबमोजिमको प्रक्रिया पूरा गर्नका लागि कार्यविधि नै संशोधन गरी काठमाडौंबाट सिधै सिओलसम्मको हवाई टिकटको व्यवस्था गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको महाहतमा रहेको ईपीएस शाखाले बधबार सुचना जारी गर्दै सिधै उडानको टिकट खरिदका लागि टेन्डर आह्वान गरेको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म श्रमिक रोकिएकाले कोरिया सरकारले पहिलो प्रथम सिधा उडानमार्फत् पठाउने व्यवस्था गर्नुपर्ने सर्त राखेको थियो । सोहीअनुसार सरकारले प्रक्रिया पूरा गर्नका लागि हवाई एजेन्सीलाई टेन्डर आह्वान गरेको ईपीएस कार्यालयका प्रमुख एवम् निर्देशक इन्द्र गौतमले जानकारी दिए । सरकारले यसअघि नै कोरोना बीमाको अनिवार्य गरेपछि सरकारले बीमा कम्पनीहरूको लागि टेन्डर आह्वान गरेको थियो ।

यस्तै कार्यालयले टिकट व्यवस्थाका लागि पनि इजाजत प्राप्त संस्थाहरूलाई ३१ दिनभित्र विद्युतीय बोलपत्र पेश गर्न सरकारले सूचनामा उल्लेख गरेको छ । यसअघि पनि दक्षिण कोरिया श्रमिक पठाउने टेन्डर आह्वान हुन्थ्यो । दक्षिण कोरियामा सिधै उडान हुँदैन्थ्यो । विगतको दिनमा दक्षिण कोरिया जाँदा श्रमिकहरू ट्रान्जिक्ट हुँदै जानुपर्ने व्यवस्था थियो । तर यसपटक कोरोना जोखिमका कारण कोरियाले सिधै सीओल पुग्नुपर्ने सर्त राखेपछि सरकारले कार्यविधि संशोधन गरी त्यसअनुसार टेन्डर आह्वान गरेको हो ।

कोरिया जान नपाएका १० हजार बढी श्रमिकले विभिन्न चरणमा सरकारलाई आन्दोलनलगायत विभिन्न ध्यानाकर्षण पत्र बुझाई दबाब दिँदै आएका थिए । साथै, सरकारले पनि कोरिया सरकारसँग विभिन्न चरणमा वार्ता गर्दै आएको कार्यालये जनाएको छ । त्यसैगरी कोरोनाको समयले गर्दा कोरिया सरकार कामदार लैजान इच्छुक नदेखिएपछि विभिन्न सर्त पूरा गर्नुपर्ने उल्लेख गरेको थियो । त्ससमा कोरियाले राखेका विभिन्न सर्त पालना गर्न श्रमिक यसअघि नै तयार भइसकेका छन् ।

जसमा नयाँ टेन्डरअनुसार लाग्ने हवाईभाडा र क्वारेन्टिनमा १४ दिन बस्ने खर्च श्रमिक आफैले व्यहोर्नुपर्नेछ । कोरिया रोजगारीमा जानका लागि उडानको मात्रै समस्या भएकाले महंगो भाडा तिरेर पनि श्रमिक रोजगारीमा जाने भनेपछि सरकारले सहज बनाउँदै गएको गौतमको भनाइ छ । तर, अहिले नै कोरिया जान पाउन सकिन्छ भन्ने यकिन भने नभएको उनले बताए । उनका अनुसार कोरिया र नेपालमा कोरोनाको अवस्था कस्तो रहन्छ सोहीअनुसार श्रमिक कहिले पठाउने भन्नेबारे निश्चित हुन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.