तार्केश्वरमा देखिएको बर्डफ्लु नियन्त्रणभित्र, कुखुराको मासुको भाउ नघट्ने

काठमाडौं। तार्केश्वरमा देखिएको बर्डफ्लुका कारण तत्कालै कुखुराको मासुको मूल्य प्रभावित नहुने देखिएको छ। पोल्ट्री संघले तार्केश्वरमा देखिएको बर्डफ्लुले ब्यवसायलाई प्रभावित नगर्ने जनाएको छ। 

बर्डफ्लु हरेक वर्षजस्तो चिसो मौसममा देखिने गरेको छ। गत महिना भारतका विभिन्न शहरमा बर्डफ्लु देखिको थियो। भारततर्फ खुल्ला सिमाना भएकाले नेपालमा पनि रोग भित्रिन सक्ने भनिरहँदा काठमाडौं उपत्यकामै बर्डफ्लु भेटिएको हो।

यतिबेला काठमाडौंको तारकेश्वरमा केही कुखुरासँगै हाँस र टर्कीमा बर्डफ्लु देखिएको पशु सेवा विभागले जनाएको छ। 

हाँस र कुखुराहरु गरेर २३ सय नष्ट गरिएको थियो। हाल ३२ वटा कुखुरामा मात्र बर्डफ्लु भेटिएको हो। शनिबार त्यस क्षेत्रलाई नियन्त्रण लिएर १८ सय ६५ वटा हाँस, ६ सय २२ वटा बट्टाइ, ३२ वटा २५ वटा टर्की मारेर गाडिको हो। साथै ती क्षेत्रबाट ५ सय ४२ वटा अन्डा र ७५ केजी दाना पनि नष्ट गरिएको विभागले जनाएको छ। 

ती ठाउँमा गत बर्ष पनि बर्डफ्लुको संक्रमण देखा परेको थियो। हाल उक्त क्षेत्रमा ठूलो संख्यामा कुखुरा फार्म नभएकोले डराउनु नपर्ने संघको भनाइ छ।

यस बाहेका अन्य क्षेत्रका कुखुराको परिक्षण भइरहेको छ। ‘अन्त नभेटिएसम्म कुखुराको मासुमा बर्डफ्लु भनेर डराउनु पर्दैन,’ संघका अध्यक्ष जंगबहादुर बिसीले भने। बर्षेनी भेटिने गरेकोले कुखुरा व्यवसायीहरु समेत चिन्ता लिन छाडेको उनको भनाइ छ। ‘हालको लागि यसले कुनै असर पर्दैन,’ उनले भने। 

त्यस क्षेत्रमा भारतबाट आयात गरिएको पशुपंछीबाट नसरेको उनको भनाइ छ। खोलाको छेउछाउ र फोहोर बढी हुने ठाउँ भएकोले यस्तो संक्रमण पटक पटक देखिएको पोल्ट्री संघले जनाएको छ। गत चैतमा पनि उक्त ठाउँमा बर्डफ्लु भेटिको थियो।

खासगरी कुखुरामा भन्दा हास र टर्कीमा बर्डफ्लु देखिएको हो। बर्डफ्लु भेटिको वरिपरी कुखुरा फार्म नभएकोले कुखुराको लागि डराउनु पर्ने अवस्था नभएको बिसीको भनाइ छ। 

‘गत बर्षजस्तो उत्पादन बढी भएर धेरै नष्ट गर्नु परेको छैन। नयाँ उत्पादनहरु आउने क्रममा रहेको छ। अहिले एक ठाउँमा देखिएको हुनाले सचेत हुनुपर्छ,’ उनले भने। उनले यही कारण कुखुराको मासुको मूल्य भने तत्काल नघट्ने बताएका छन्। 

‘बजारमा मासुको खपत पुरानो लयमा फर्किने क्रममा रहेको छ। उत्पादन धेरै भएको भए मूल्य निकै कमि हुन्थो। अहिले उत्पादनले जसोतसो बजारको माग धानिरहेकोले मूल्य कमी आउँदैन,’ उनले भने।

यो मूल्य बर्डफ्लु भेटिएर घटेको होइन। उत्पादन बढ्दै गएकोले घटेको बिसीको भनाइ छ। बजारमा बर्डफ्लु  देखिएपछि मूल्य घट्ने मनोविक्षान रहेको छ। 

व्यवसायी तथा किसानहरुले हल्लाका भरमा बर्डफ्लुका कारण नोक्शान हुने भन्दै सस्तोमा मासु बिक्री गर्ने गरेका छन। एक ठाउँमा बर्डफ्लु  देखिँदैमा सबैतिर नदेखिने संघको भनाइ छ।

नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले पोल्ट्री व्यवसायी तथा किसानहरुलाई उत्पादनको समयमा विभिन्न कारणले घाटा हुने गरेको बताएका छन्। 

‘पहिलो कोभिडले असर गरेको ठाउँमा यति बेला बर्डफ्लुले थप नोक्शान हुने देखिएको छ। कति असर पर्छ भनेर भन्ने सक्ने अवस्था छैन। भारतबाट खुल्ला रुपमा कुखुराहरु नेपाल भित्रिरहेको छ,’ उनले भने, ‘सरकारले आयातमा रोक लगाएको भने पनि  सिमा नाका खुल्ला हुदा भारतीय उत्पादन कुखुरा लगायतका पशुपंछी नेपाल भित्रिँदा प्रत्यक्ष असर पर्ने गरेको छ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.