तिहारमा कात्तिक २९–मंसिर १ सम्म बैंकका शाखाहरु बन्द रहने, एटीएमहरु चल्ने

तिहारमा तीन दिन बैंकहरुका सबै शाखा बन्द हुने भएका छन्। एटीएमहरु भने सञ्चालन हुनेछन्।

नेपाल बैंकर्स संघका अनुसार तिहारमा कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकका शाखाहरु बन्द हुनेछन्। दैनिकजसो बैंक कर्मचारीहरुमा कोरोना संक्रमण देखिन थालेपछि तिहारका बेला ३ दिन शाखाहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको संघले जनाएको छ। 
यसपालि दसैँमा बैंकका शाखाहरु कात्तिक ७ गतेदेखि कात्तिक ११ गतेसम्म बन्द रहेका थिए। 

यसअघि दसैँ र तिहारका बेला हरेक दिन बैंकका निश्चित शाखाहरु खुला रहने गरेका थिए। यसपटक कोरोना महामारीका कारण कर्मचारीहरुमै संक्रमण बढ्न थालेपछि शाखाहरु बन्द गरी ग्राहकहरुलाई डिजिटल सेवा उपयोग गर्न प्रोत्साहन गर्न बैंकहरुलाई सुझाव दिइएको संघले जनाएको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.