तोलामा चार सयले घट्यो सुनको भाउ

२९ माघ, काठमाडौं । सुनको भाउ तोालमा चार सय रुपैयाँले सस्तो भएको छ । बुधबार ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बिहीबारका लागि ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य आजका लागि ९१ हजार रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बुधबार १३४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आजको १३१५ रुपैयाँ तोकिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.