तोलामा १०० रुपैयाँ घट्यो सुनको मूल्य

घरेलु बजारमा पहेंलो धातु सुनको मूल्य घटेको छ । आज सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन आइतबार सुनको मूल्य तोलामा १ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

गत बुधबार भने घरेलु बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको थियो । उक्त दिन सुनको मूल्य तोलाको १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी, यो दिन चाँदीको मूल्य तोलाको १ हजार ८४० रुपैयाँ कायम भएको छ । आइतबार भने यसको मूल्य प्रतितोला १ हजार ८५० रुपैयाँ थियो ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ५७५ रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५७७.५० रुपैयाँ कायम कायम भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.