दिन प्रतिदिन बढ्दै वित्तीय अपराध, १० वर्षमा २२ अर्ब ७० करोड बिगो माग

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को तथ्यांकले वित्तीय अपराध तथा बैंकिङ कसूर बढ्दै गएको देखाएको छ । ब्युरोले विगत १० वर्षमा वित्तीय संस्था र सहकारीसमेत गरी बैंकिङ कसूरबापत २८ अर्ब १६ करोड रुपैयाँ बिगो माग दाबी गरेको छ ।

बैंकिङ कसूर (एटीएमसहित) २२ अर्ब ७० करोड रुपैयाँ र सिभिल सहकारीसँग ५ अर्ब ७७ करोड रुपैयाँ बिगो माग दाबी गरेको हो । बैंकिङ कसूरका २६१ मुद्दा ब्युरोले अनुसन्धान गरेकोमा २७७ जनालाई पक्राउ गरेकाे छ भने ८९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

सीआईबीले वाणिज्यका २९, फाइनान्स कम्पनीका १८, लघुवित्तका  २  र सहकारीको १ बैंकिङ कसूरसम्बन्धी अनुसन्धान गरी मुद्दा दर्ता गरेको हो ।

गत आर्थिक वर्ष ब्युरोले वित्तीय अपराधविरुद्ध मुद्दा दर्ता गरी ७ अर्ब ७३ करोड रुपैयाँ बिगो माग दाबी गरको थियो । चालू आर्थिक वर्षको मंसिरसम्म ३ वित्तीय अपराधविरुद्ध मुद्दा दर्ता गरी ५ अर्ब ९९ करोड रुपैयाँ बिंगो माग दाबी गरिएको सीआईबीका प्रवक्ता श्यामकुमार महताेले बताए ।

आर्थिक वर्ष २०७७/७८ मा बैंकिङ कसूरमा ३४ पुरुष र २ महिला गरी ३६ जना प्रतिवादी पक्राउ परेको गरेकोमा ४ वर्ष ७ महिना २९ दिनमा कैद भुक्तानतर्फ १ अर्ब ३४ करोड ४१ लाख रुपैयाँ जरिवाना असुल उपर गरेको सीआईबीले जनाएको छ ।

चालू आर्थिक वर्षकाे मंसिरसम्ममा २५ पुरुष र ८ महिला गरी ३३ जना प्रतिवादी प्रकाउ गरी १२ वर्ष ६ महिना १८ दिन कैद भुक्तानतर्फ ६ करोड ४४ लाख रुपैयाँ बराबरको जरिवाना असुल उपर गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.