देउवाको निर्वाचन क्षेत्रमा ११ जना उम्मेदवार

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र डडेल्धुरामा प्रतिनिधिसभातर्फ ११ उम्मेदवार चुनावी मैदानमा छन् । प्रधानमन्त्री देउवा सातौंपटक डडेल्धुराबाट उम्मेदवार बनेका छन् । उनी यसअघि ६ पटक निर्वाचित भइसकेका छन् ।

डडेल्धुराबाटै प्रतिनिधिसभा सदस्यमा दलबाट ६ र स्वतन्त्र ५ जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये सबैभन्दा जेठा उम्मेदवार ८४ वर्षीय कर्णबहादुर रावल छन् । उनी स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

डडेल्धुराबाट उम्मेदवार बन्ने अन्यमा नेकपा एमालेका चक्रप्रसाद स्नेही, जसपा नेपालका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, राप्रपा नेपालका कालीप्रसाद जोशी, नेपाली कांग्रेस ९बीपी०का कर्णबहादुर मल्ल छन् । यस्तै, स्वतन्त्रमा विक्रमबहादुर शाही, सागर ढकाल, दानबहादुर पाल पनि उम्मेदवार छन् ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.