नबिल र एनसीसी मर्जर हल्ला फैलाएर सेयर कारोबारमा चलखेल, हालै परिवारको नाममा सेयर किनेकाले चौधरीले एनसीसीसँग मर्ज गर्न नसक्ने

काठमाडौं । नबिल बैंक र एनसीसी बैंकबीच मर्जरको हल्ला गरी सेयर कारोबारमा तीब्र चलखेल शुरु भएको छ । यता एनसीसी बैंकले भने नबिलले धेरै भए २५ मात्र सेयर स्वाप दिने प्रारम्भिक चरणबाटै मर्जरबारे सामान्य छलफल अगाडि बढ्न नसकेको सम्बद्ध सूत्रले जानकारी दिएको छ । यद्दपि दुवै बैंकको हालै सम्पन्न साधारण सभाले कुनै पनि उपयुक्त बैंकसँग मर्जरमा जानका लागि प्रस्ताव भने पारित गरेका छन् ।

अहिलेसम्म कसैसँग नमिली आफ्नै रणनीतिमा अगाडि बढिरहेकोले नबिलको उक्त बैंकसँगको मर्जर संभावना न्यून छ । किनकि मर्जरको हल्ला चलाई नबिल बैंकका मालिक विनोद चौधरीले परिवारको नाममा एनसीसी बैंकको लाखौं कित्ता सेयर खरिद गरेका छन् । यदि यी दुई बैंक मर्ज भएमा चौधरी भित्री सूचनाको आधारमा सेयर कारोबार इन्साइडर टे«डिङ गरेको कसुरमा कारबाहीमा पर्न सक्छन् । इन्साइडर टे«डिङ अन्तर्गत जेल सजाय सम्मको कारबाही हुनसक्छ । जसका कारण उनले एनसीसी बैंकसँग मर्जको डिल गर्न सक्दैनन् ।

त्यसैले उनले मारवाडी समुदायको सहभागिता भएको सिद्धार्थ बैंकसँग नबिलको मिलाप गर्न चाहेका थिए । तर सिद्धार्थले पनि मर्जका लागि खासै चासो नदिएको नबिल पक्षको गुनासो रहेको छ ।
यसैबीच नबिलले मर्ज गर्ने इच्छा देखाएपछि एनबी, एनसीसी, सिभिल र सेन्चुरीको तर्फबाट पनि कुरा चलाइएको थियो । यो संभावना नभएपछि एनसीसीले भने प्रभू बैंकसँग कुरा अगाडि बढाएको थियो । अहिले राष्ट्रबैंकमा कुरा भएको भन्ने केही सञ्चारमाध्यममार्फत हल्ला मच्चाइएको छ । तर राष्ट्रबैंकले त्यस्तो नभनेको जनाएको छ । समाचार सूत्रहरुका अनुसार एनसीसी बैंकमा बलियो पक्कड भएका निर्मल प्रधानका नातेदार समेत रहेका प्रभू बैंकका अध्यक्ष देबी भट्टचनसँग धेरैपटक कुरा गरेका छन् । प्रधानले प्रभुसँग स्वापको ५ अंक मात्रमा कुरा नमिलेको नजिकका सेयरधनीहरुसँग बताउँदै आएका छन् । प्रभूले ८५ दिएको र एनसीसीले ९० मागेकोले कुरा नमिलेको बताइएको छ ।

निजी क्षेत्रका दुई पुराना बैंक नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्ज तयारी र एनआईसी एसियाको प्रतिस्पर्धाको सामना गरिरहेको निजीक्षेत्रको सबैभन्दा ठूलो बैंक नबिलले आक्रामकरुपमा कारोबार विस्तारका लागि मर्ज पार्टनर खोज्न थालेको छ ।

बैंकलाई आक्रामकरुपमा अगाडि बढाउनका लागि नबिल बैंकले पहिला नै व्यवस्थापनमा जुझारु व्यक्तिलाई समेटिसकेको छ । अव सञ्चालक समितिले ठोस निर्णय गरेमा यस बैंकले फेरि एक नम्बरको पुरानो ताज फिर्ता लिनेछ । एनआईसीले प्रतिस्पर्धामा चुनौती दिन थालेपछि पुरानो हैसियत प्राप्त गर्न इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जमा जाने पक्कापक्की भैसकेको छ र डीडीएसमेत सकिन लागेको छ ।

कारोबार विस्तारमा एनआईसीले सबै बैंकलाई उछिनिसकेको र हिमालयन र इन्भेष्टमेन्ट बैंक पनि मिल्ने भएपछि अव नबिल पार्टनर खोज्न बाध्य भएको हो । सबैभन्दा ठूलो आकर्षण भने व्यापार विस्तार र नाफाको हो । ब्याजदरको स्प्रेड सम्बन्धी नियम मर्ज भएका बैंकलाई नलाग्ने भएकोले ठूलो नाफाको दृश्य अहिले नै देख्न सकिन्छ जसले बैंक मर्जरलाई प्रोत्साहित गरेको छ । पोर्टफोलियो ठूलो हुने र ठूलो पोर्टफोलियोमा स्प्रेडको सुविधा लिन पाउँदा मुनाफा धेरै नै हुनसक्ने परिदृश्य देखिन्छ ।
मर्जको अझ ठूलो र महत्वपूर्ण फाइदा शाखा सञ्जाल हो र त्यो पनि मजबूत हुने भएकोले मध्यम ठूला बैंकसँग नबिलले प्राथमिकता दिएको जनाइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.