नागरिक लगानी कोषद्वारा २३ प्रतिशत लाभांस घोषणा

काठमाडौं।
नागरिक लगानी कोषले लाभांस घोषणा गरेको छ । कोषले २३ प्रतिशत लाभांस घोषणा गरेको हो।
गत आर्थिक बर्षको नाफाबाट कोषले २१.८५ प्रतिशत बोनस सेयर दिने छ। कर प्रयोजनका लागि १.१५ प्रतिशत नगद लाभांस दिने प्रस्ताब गरेको छ। कोष सञ्चालक समितिले मंगलबार घोषणा गरेको लाभांस आगामी साधारणसभामा अनुमोदन भएपछि लगानीकर्ताले पाउने छन्।
अहिले कम्पनीको सेयर मूल्य ३९५० रुपैयाँ प्रतिकित्ता छ। कम्पनीको कुल चुक्ता पूँजी ६० करोड ७५ लाख रुपैयाँ छ। लाभांस घोषणापछि कोषको सेयर मूल्य झरेको छ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.