निगमको कार्यकारी निर्देशकका लागि १७ जनाको आवेदन, कसले मार्ला बाजी ?

नेपाल आयाल निगमको कार्यकारी निर्देशक पदका लागि १७ जनाले आवेदन दिएका छन् । आइतबार साँझ ५ बजेसम्ममा १७ जनाले आवेदन दिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कार्यकाल सकिएपछि नयाँ कार्यकारी निर्देशक नियुक्तिका लागि खुला विज्ञापन आह्वान गरिएको थियो । मन्त्रालयका अनुसार उक्त पदका लागि जीवनप्रकाश सिटौला, विष्णबाबु मिश्र, हरिभक्त शाही, डा.लक्ष्मण पौडेल, लोकबहादुर खड्का, कृष्णप्रसाद यादव, तारानाथ पौडेल, चित्तरञ्जन दास, चण्डिकाप्रसाद भट्ट, उमेशप्रसाद थानी, पंकजकुमार दास, हरिवंश आचार्य, आनन्दप्रसाद चन्द, भुपेन्द्रप्रसाद अर्याल र सञ्जय कुमारले आवेदन दिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.