निफ्राको सेयर आजदेखि कारोबारमा आउने

काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओ निष्कासन गरेको नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को धितोपत्र कारोबार आज आइतबारदेखि हुने भएको छ। गत बिहीबार निफ्रा र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच धितोपत्र सूचीकरणसम्बन्धी सम्झौता भएको थियो। सम्झौता भएसँगै आज आइतबारबाट दोस्रो बजारमा निफ्राको सेयर कारोबार हुने भएको हो।

नेप्सेले निफ्रालाई अन्य (अदर्स) उपसमूहमा समावेश गरेको छ। नेप्सेले निफ्राको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता रु. ११३.६२ देखि रु. ३४०.८६ रेन्ज तोकेको छ। यदि यो तोकिएको रेन्जभित्र स्पेसल प्रि–सेसनमा कारोबार भए नियमित समयमा निफ्राको सेयर किनबेच खुल्नेछ। 

निफ्राले गत माघ २ गतेबाट ८ करोड कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ०।२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फण्डहरुका लागि आरक्षण छुट्याइएको थियो। सर्वसाधारणका लागि भने ७ करोड ५८ लाख ४० हजार कित्ता छुट्याइएको थियो।

निफ्राले धितोपत्र कारोबारसम्बन्धी सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने तथा अन्य रजिष्टारसम्बन्धी कार्य गर्न ग्लोबल आईएमई क्यापिटललाई सेयर रजिष्टार नियुक्त गरेको छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.