नेपाल लाइफले पारित गर्यो बोनस सेयर, चुक्ता पूँजी ३ अर्ब नाघ्यो

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको आज भएको १७ औं वार्षिक साधारणसभाले उक्त निर्णय गरेको छ । कम्पनीले बोनस सेयरमा लाग्ने कर वापत १ दशमलव ३१ प्रतिशत नगद लाभांस समेत दिने भएको छ ।

कम्पनीले ६१ करोड १२ लाख ८५ हजार रुपैयाँ अर्थात ६१ लाख १२ हजार कित्ता बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । कम्पनीले फरदर पब्लिक अफरिङ (एफपीओ) जारी पश्चात कायम भएको चुक्ता पूँजीमा बोनस दिएको हो ।

यससँगै कम्पनीको चुक्ता पूँजी झण्डै ३ अर्ब ९ करोड रुपैयाँ पुगेको छ । एफपीओ पश्चात नेपाल लाइफको पूँजी २ अर्ब ४७ करोड ७१ लाख ४२ हजार रुपैयाँ पुगेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.