नेप्सेमा काम गर्ने हो ? खुल्यो जागिरको अवसर

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

नेपाल स्टक एक्सचेञ्जमा काम गर्न चाहनेका लागि जागिरको अवसर खुलेको छ ।

नेप्सले फ्रेस अनुहारको रुपमा १० पदमा २० कर्मचारी मागेको हो ।

सबैभन्दा बढी छैठौ तहको अधिकृतमा १४ जना मागिएको छ । यस्तै, आठौं तहको सहायक प्रबन्धकमा एकजना, ७ औं तहको वरिष्ठ अधिकृतमा २ जना, छैठौ तहको आइटी अधिकृतमा ३ जना मागिएको छ ।

खुल्ला प्रतियोगिताका लागि खुलाइएको पदहरुमा सम्बन्धित बिषयमा स्नातक गरेकाहरुले आवेदन दिनसक्नेछन् ।

यसैगरी, नेप्सेका चारवटा पदमा ७ जनालाई आन्तरिक प्रतियोगितातर्फ बढुवाको अवसर समेत खुलाइएको छ । नेप्सेमा कार्यरतहरुले प्रबन्धक, उपप्रबन्धक, सहायक प्रबन्धक र वरिष्ठ अधिकृत पदमा भिड्न पाउनेछन् ।

आन्तरिक र खुल्लातर्फका रिक्त पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, कार्यानुुभव तथा अन्य बिषयका लागि सूचना पढ्नुहोस् :

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.