नेप्सेमा हरियाली, ५ प्रतिशतले बढ्दै १६१० बिन्दुमा

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सूचक मङ्गलबार २ बजेभित्रै ५.०१ प्रतिशतले बढेपछि बजार बन्द गरिएको छ । केही दिनयता निरन्तर बढिरहेको बजार मङ्गलबार ७६.७९ अङ्कले बढ्दै १६१०.६२ बिन्दुमा पुग्न सफल भएको छ ।

नेप्से चार महिनापछि १६१०.६२ बिन्दुमा आइपुग्ने क्रममा १ अर्ब ३८ करोडको कारोबार भएको छ । नेप्सेमा हरियालीका कारण वैशाख ३१ को स्थानीय चुनावलाई मानिएको छ।

यसअघी तीन प्रतिशतले बढेपछि सर्किट ब्रेकर लगाएर १५ मिनेटका लागि कारोबार रोकिएको थियो । बजार खुलेको २५ मिनेटभित्र ३ प्रतिशतले बढेपछि नेपाल स्टक एक्सचेन्जले कारोबार १५ मिनेट स्थगित गरेको थियो ।

बजार खुलेको १५ मिनेटमा नेप्से सूचक ४७.१० विन्दुले बढ्दै १५८०.९३ विन्दुमा आइपुगेको थियो । बजार खुलेको एक घन्टाभित्रै तीन प्रतिशतले बढेमा १५ मिनेट कारोबार रोक्ने गरिएको छ ।

बजार बन्द हुनुअघिसम्म नेप्सेमा १४४ कम्पनीको एक अर्ब ३८ करोड ८२ लाख रूपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार मङ्गलबार २५ लाख ८१ हजार कित्ताभन्दा धेरै सेयर किनबेच भएको हो ।

दुई बजेसम्म आइपुग्दा नेप्से बढेर ५.०१ प्रतिशत नाघेपछि आजका लागि कारोबार रोकिएको हो । नेप्सेका अनुसार ५ प्रतिशतले बजार बढेमा दिनभर कारोबार रोकिने व्यवस्था गरिएको छ ।

आज दुई बजे नै बन्द भएको नेप्से बुधबार ११ बजे खुल्नेछ । लामो सयम ओरालो लागेको नेप्से स्थानीय तहको निर्वाचनका कारण उकालिएको हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.