नेप्सेमा १०८.२६ अंकको गिरावट, सानिमा लाईफ इन्स्योरेन्सको मूल्यमा उच्च वृद्धि

साताको पहिलो कारोबारको दिन आइतबार सेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ । कारोबार शुरु भएसँगै घट्ने क्रममा देखिएको नेप्से परिसूचक कारोबार बन्द हुँदा १०८ अंक भन्दा माथिले घटेको छ ।

आजको कारोबार सुरु भएदेखि नै निरन्तर ओरालो लागेको नेप्से परिसूचक १२ बजेर ५९ मिनेट जाँदा ५.३ प्रतिशतले घटेर ४० मिनेटको लागि बन्द भयो । उक्त समयपश्चात नेप्सेमा पुनः कारोबार शुरु भएको थियो । अन्ततः आज नेप्से १०८.२६ अंकले घटेर दुई हजार ८ सय १८ दशमलव ७३ विन्दुमा बन्द भएको छ ।

नेपाल राष्ट्र बैंकले शेयर प्रकृतिको कर्जामा एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी शेयर कर्जा लिन नपाउने व्यवस्था गरेपछि बजारमा एक महिनादेखि बजार उत्तारचढावका बीचमा कारोबार भइरहेको छ । शेयर धितो कर्जाकै कारण शेयर बजारमा उच्च अंकको गिरावट आएको लगानीकर्ता बताउँछन् ।

नेप्सेका अनुसार आज ११ अर्ब २४ करोड ३ लाख बराबरको कारोबार भएको छ ।आज कारोबार भएका कम्पनी मध्ये सानिमा लाईफ इन्स्योरेन्सको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । यस कम्पनीको शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कारोबार भएका धेरैजसो कम्पनीको लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कारोबारको आधारमा आज सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपार डेभलपमेन्ट कम्पनीको भएको छ । यस कम्पनीको आज ७० करोड भन्दा बढीको कारोबार भएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.