नेसनल माइक्रोफानान्सको ८० हजार कित्ता सेयर लिलामीमा, क–कसले दिन पाउँछन् आवेदन ?

कम्पनीले लिलामीमा राखेको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ६०० रुपैयाँ तोकेको छ। यसको मतलब लगानीकर्ताहरुले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सबै कित्ताका लागि बोलपत्र पेस गर्न सक्नेछन् । बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलको काठमाण्डौ लाजिम्पाटस्थित कार्यालय पेस गर्नुपर्नेछ।

लिलामी सेयरमा विद्यमान संस्थापक तथा जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाले आवेदन दिन सक्नेछन्। बोलपत्र आउँदो जेठ ३ गते बैंकिङ समयसम्म दिन सकिनेछ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.