नौविसे-नागढुंगा सुरुङमार्गको मुआब्जाका लागि सूचना, जग्गाको मूल्य आनाको ९ लाखदेखि ४२ लाख सम्म

काठमाडौं।आगामी चार बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिर्इएको नौविसे-नागढुंगा सुरुङमार्ग निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको छ

नौविसे-नागढुंगा निर्माण आयोजनाले सुरुङमार्गमा पर्ने जग्गाको  मुआब्जा बुझ्न आउनका लागि सार्वजनिक सूचना प्रकाशित गरेको हो। आयोजनाले साविकको चन्द्रागिरी नगरपालिका (साविकका महादेव:थान,बलम्वु,दहचोक र थानकोट गाविस)का वडा न१,३,४,५,७ र १२ अधिग्रहणमा पर्ने जग्गाधनीले जग्गाधनी प्रमाणपुर्जा,तिरो तिरेको रसिद,वडा/नगरपालिकाको सिफारिस,नागरिकताको प्रतिलिपी,प्रमाणपत्र सहित आयोजनाको कार्यालय ज्वागलमा रकम बुझ्न आग्रह गरेको छ।सुरुङमार्ग बनाउने ठाउँमा संस्था र व्यक्तिको गरि ४ सय ३७ जग्गाधनीको जग्गा छ।

आयोजनाका लागि २ सय ६७ रोपनी जग्गा अधिग्रहण गर्नुपर्छ।यो क्षेत्रमा जग्गाको प्रकृति हेरेर ९ देखि ४२ लाख रुपैयाँ प्रतिआनासम्म पर्ने उनले बताए।
जापान सरकारको करिव १५ अर्ब रुपैयाँ अनुदान सहयोगमा यो सुरुङमार्ग निर्माण गर्न लागिएको हो।अहिले जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले यो सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पारिसकेको छ।अहिले यो प्रतिवेदन माथि थप अध्ययन भैरहेको सडक विभाग वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए।महाशाखाका अनुसार अहिले उक्त डिपिआर जाइकाले अध्ययन गरिरहेको छ।जाइकाले उनीहरुको रिक्वायरमेन्ट अनुसार हेरेर थपघट गर्छ’उनले भने।जाइकाबाट नो अब्जेक्स लेटर पाएपछि मात्रै टेण्डर प्रक्रियामा जान सकिने महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए।

सुरुङमार्ग नागढुङगा-नौविसे सडकखण्ड अन्तर्गत थानकोट नजिकैक वस्नेतछापदेखि सिस्नेखोला २.७ किलोमिटरको हुनेछ।सुरुङमार्गको पुर्वीद्धार नागढुङगाको फेदीमा पर्ने बस्नेतछापमा हुनेछ भने पश्चिमद्धार सिस्नेखोलामा रहनेछ।थानकोट देखि बस्नेतछाप २.६ किलोमिटर पुर्वीद्धारसम्म पुग्ने पहुचमार्ग निर्माण हुनेछ।

सुरुङमार्गले नागढुङगाबाट घुमेर जाने बाटोमा लाग्ने ८ किलोमिटर बाटो छोट्याउने छ भने यात्रुको ३० मिनेट समय बचत गर्ने छ।जाइकाले तयार पारेको डिपिआर अनुसार सुरुङमार्गको चौडार्इ साढे ९ मिटरको हुनेछ।सुरुङमार्ग तीन लेनको हुनेछ।३.५/३.५ मिटरको लेन हुनेछ।सवारीसाधन आउन जानका लागि दुर्इवटा लेन प्रयोग हुनेछन्।वीचमा २.५ मिटरको लेन सुरुङमार्ग भित्र गाडी विग्रिए वा समस्या आएका साइड लगाउन र बाहिर निकाल्नका लागि प्रयोग गरिन्छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.