उक्त जलविद्युत् आयोजना विसं २०७६ चैतसम्म सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको हो । कुल छ अर्बको लागतमा निर्माण हुने सो आयोजनामा ७५ प्रतिशत अर्थात् रु चार अर्ब ४० करोड बैंकको लगानी रहने छ ।
प्रवद्र्धकको स्वामित्व पुँजी रु एक अर्ब ५० करोड रहेको छ । संस्थापक सेयरधनीको रु एक अर्ब १२ करोड ५० लाख लगानी रहने आयोजनाका प्रबन्धक उत्तम अमात्यले जानकारी दिए।