पद सम्हाल्नेबित्तिकै बाइडनले उल्ट्याए अध्यागमन नीति, कस्तो पर्ला अमेरिकामा नेपालीलाई प्रभाव ?

काठमाण्डौ । अमेरिकामा ४६ औँ राष्ट्रपतिको पदभार ग्रहण गरेलगत्तै जो बाइडनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका अध्यागमनलगायत थुप्रै नीति उल्टाइदिएका छन्।

सपथ ग्रहणपश्चात कार्यकारी आदेश जारी गर्दै बाइडनले विगतमा ट्रम्प प्रशासनले ल्याएका जलवायु परिर्वतन, आप्रवासन र जातीय सम्बन्धबारे नीतिहरु उल्ट्याइदिएका हुन्। उनले चार लाख अमेरिकीहरुको ज्यान लिइसकेको कोरोनाभाइरस माहामारीसाग जुध्न पनि विभिन्न उपाय सुझाएका छन्। 

यसैबीच संसारबाट धैरै चासोका रुपमा हेरिएको आप्रवासनसम्बन्धी नीतिमा पनि प्रमुख दुई निर्णय बाइडनले गरेका छन्। जसमा ट्रम्पले लागाएका तथाकथित केही मुस्लिम देशका नागरिकलाई लगाएको यात्रामा प्रतिबन्ध फुकुवा र मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने निर्णय फिर्ता रहेका छन्।

हाल अमेरिकामा आवासीय तथा गैरआवासीय रुपमा थुप्रै नेपाली छन्। बाइडनको नयाँ नीतिले अमेरिकामा अध्ययनका लागि गएका, जान चाहने तथा भिजिट भिजामा आफ्ना परिवार भेट्न जान चाहनेलाई सहज अध्यागमन नीति हुने २५ वर्षदेखि अमेरिकास्थित म्यारिल्यान्डमा बसोबास गर्दै आएका तारा पराजुलीले बताए। त्यसैगरी डाइभर्सिटी भिजा तथा उच्च सीप जनशक्तिअन्तर्गत पनि नेपालीलाई अवसर हुने उनले जानकारी दिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.