पल्सर, यामाहालाई टक्कर दिने बेनेली टीएनटी १५० नेपालमा इन्ट्री

नेपाली बजारमा बेनेली टीएनटी १५० सार्वजनिक हुने भएको छ । पञ्चकन्या गु्रपले अर्को हप्ता उक्त बाइक सार्वजनिक गर्ने भएको हो । नेपालमा एक सय ५० का पल्सर, यामाहा, सुजुकीलाई टक्कर दिने गरी कम्पनीले अक्रामक रुपमा ल्याउने तयारी गरेको छ ।

एक ५० सीसी सेगमेन्टको बाइकमा छुट्टाछुट्टै मूल्य छ, जसमा कार्बाेरेटोर भेरिएन्टलाई २ लाख ३० हजार र एफ आई भेरिएन्टलाई कम्पनीले ३ लाख १५ हजार तोकेको छ ।

अर्को हप्ता सार्वजनिक हुने १५०को भेरिएन्टमा १४८ सीसीको इन्जिन दिएको यो बाइकमा पाचँ स्पिड गियरबक्स राखिएको छ ।

 

टीएनटी १५० बजारमा युनिक लुक्स, डिजाइनका साथ आएको छ । सहरी तथा ग्रमिण जुनसुकै रोडमा कुदाउन सजिलो अन्य बाइकको तुलनामा कम्फर्ट छ ।

यस टीएनटी बाइकको अधिकतम पावर १४ बीएचपीमा ८ हजार पाँच सय आरपीएम छ । त्यस्तै १३.४ एनएमा ६ हजार आरपीएम टर्क जेनेरेट गर्छ ।

प्रतिलिटर ४० किलोमिटर माइलेज दिने यो बाइकको तौल एक सय १७ केजी छ । टीएनटी १५०को अधिकतम स्पिड एक सय ३० किलोमिट प्रतिघण्टा छ । त्यसैगरी इन्धन क्षमता १६ लिटर छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.