नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाली ढाका उद्योगमा ‘ब्रान्डिङ’को आवश्यकता रहेको बताएका छन् ।
पाल्पा उद्योग वाणिज्य संघको ७० औं वार्षिक साधारणसभाको आइतबार उद्घाटन गर्दै अध्यक्ष ढकालले पाल्पाली ढाका उद्योगलाई आधुनिकीकरण गरी धेरै मात्रामा उत्पादन गर्न सकिए निर्यात गर्न सकिने बताएका हुन् ।
उनले भने, ‘पाल्पाले बिक्री गर्न सक्ने भनेको पर्यटन हो तर पनि यहाँको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएको अवस्था छ, यसका कारण यी उत्पादनका ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस, हामी के गर्न सक्छौं, गर्छौं ।’
नेपालको निर्यात बजार प्रवर्द्धन गर्न सकिने नेपालका यस्ता कयौं मौलिक उत्पादन भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको उनले बताए ।
साथै उनले अहिले बैंक तथा वित्तीय संस्थाको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने बताए ।
उनले पाल्पा जिल्ला पर्यटनमा देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधार निर्माण गरी स्वदेश र विदेशका बढिभन्दा बढी पर्यटक भित्र्याउने योजनामा लाग्नु पर्ने बताए ।साथै उनले पाल्पा जिल्लासँग आफ्नो भावनात्मक सम्बन्ध रहेको पनि बताए ।