प्रहरी र सशस्त्रको रासन १५ प्रतिशत बढ्यो

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को मासिक रासन भत्ता १५ प्रतिशतले बढेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रासनको दररेटमा १५ प्रतिशत बृद्धि गरि रकम उपलव्ध गराउने निर्णय गरेको हो ।

बढेको रासन अनुसार रकम भुक्तानीमा हरेक वर्ष सरकारलाई १ अर्ब १७ करोड रुपैयाँ व्ययभार थपिएको छ । प्रहरीमा करिब ८० हजार दरबन्दी भए पनि करिब ७० हजार र सशस्त्रमा करिब ३७ हजार सुरक्षाकर्मी कार्यरत छन् । उनीहरुका लागि नगदमै रासन भत्ता दिइने व्यवस्था छ ।

पूर्ववर्ती सरकारले बजेट व्यवस्था नगरी रासन वृद्धिको सैद्धान्तिक घोषणा मात्र गर्दा प्रहरीमा असन्तुष्टि बढेको थियो । प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको रासन भत्ता ५ वर्षयता वृद्धि भएको थिएन । २०७२ माघपछि भत्ता नबढेकाले सुरक्षा निकायले भत्ता बढाउनुपर्ने बताउँदै आएका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.